भक्तपुर, जेष्ठ २० गते
भक्तपुरका एक महिला सहित आज २८८ जनामा कोरना संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा आज थपिएका ६ जना कोरना संक्रमित मध्ये एक जना भक्तपुरको रहेको खेलेको हो । चाँगु नारायाण नगरपालिका वडा नम्वर ३ निवासी ३० वर्षिय एक महिलामा कोरना संक्रमण पुष्टि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी तिमल्सेनाले बताउनु भयो । संक्रमित महिला गर्भवती रहेकाले नियमित चेक जांचको लागि केएमसी जाने गरेको उल्लेख गर्दै कोरना हब अस्पताल भक्तपुरकी मेडीकल सुपरटेन्डर डाक्टर सुमित्रा गौतमले बताउनु भयो | संक्रमित जहाको भए पनि त्यसबाट सुरक्षाका लागि संक्रमित बस्दै आएको ठाउँलाइ सिल गरि परिवारजनको कोरना परीक्षण सुरु गरेको उहाँले बताउनु भयो | उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा.देबकोटाले बताउनु भयो | उनलाई केकसरी कोरना संक्रमण भयो ? भन्ने विषयमा थप जानकारी आइ नसकेको भए पनि उनलाई कोरना संक्रमण पुष्टि भने भएको उहाँले जनाउनु भयो । काठमाण्डौ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीहरु मध्ये एक जना भक्तपुरको रहेको भनिएकाले ती संक्रमित महिला स्वास्थ्यकर्मी भएको अनुमाण गरिको छ । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनको क्रममा आज मात्रै २८८ जना नयाँ संक्रमित थपिएको मताएका छन् । त्यस मध्ये ४ जना काठमाण्डौं मेडिकल कलेजका स्वास्थ्यकर्मी र अरु २ जना गरी काठमाण्डौ उपत्यकामा आज ६ जनामा संक्रमण भएको बताएको छ । यो संगै नेपालमा कोरना संक्रमितिको संख्या २०९९ जना पुगेको छ । आज संक्रमित भएकाहरुमा धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८, पोखरामा गरिएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जना, भेरी अस्पतालमा २० जना, सुर्खेतमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जना हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला टेकुमा गरिएको जांचमा १ सय १८ जनाको पोजेटिभ देखिएको थियो । कोरना संक्रमणबाट थप ४५ जना निको भै घर फर्केको उल्लेख गर्दै प्रवत्ता डा. देबकोटाले यो संगै कोरना निको भएकाहरुको संख्या २६६ पुगेको पनि बताउनु भयो ।














