भक्तपुर, २०७७ जेष्ठ १८ गते
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा जुममार्फत आइतबार महामारीको अवस्थामा सहकारीको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संयोजन संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गर्नु भएको थियो । वँहाले हालको अवस्थामा संघको तालिम शिक्षा तथा सूचनाको निरन्तरताको लागि जुम प्रविधिमार्फत सुसूचित गर्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको अवस्थामा सहकारीको भुमिकाको प्रस्तुतीकरण गर्दै सहकारी व्यवसाय संकटको बेला सशक्त हुने कुरा बताउनु भयो । वहाँले महामारीले सहकारी व्यवसायलाई पारेको असर, सहकारी निकाय र अभियानले यस विषम परिस्थतिमा खेलेको भुमिका, आगामी दिनमा सहकारी, कर्मचारी, सदस्य तथा नियमनकारी निकायले खेल्नुपर्ने भुमिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै जारी बजेटमा सहकारीका लागि भएको व्यवस्थाबारेमा पनि प्रस्तुतीमा समावेश गुर्नभयो ।
कार्यक्रमका टिप्पणीकर्ता नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले प्रस्तुतीकरणको विषयमा टिप्पणी गर्दै भेग विषय बस्तुले विषय बस्तु उत्थान गर्न सफल भएकोमा धन्यवाद दिदै आगामी दिनमा एउटा एउटा विषयमा शुक्ष्म ढंगबाट विश्लेषण गर्दै जानुपर्ने सुझाब राख्नुभयो ।
अन्र्तक्रिया कार्यक्रममा ६१ जनाको सहभागिता रह्यो । कार्यक्रममा उठेको जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भयो । ब्राण्ड प्राप्त सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक एंव संघका संस्थापक अध्यक्ष राजेन्द दुमरु र बाराही बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक शिवजी हाकुदुवालले असल अभ्यासका अनुभाव बताउनुभयो । सहभागीहरुले हालको परिस्थीतिमा ऋण लगानी, ऋण असुली र व्याज उठाउने विषयमा चिन्ता व्यक्त गर्नुभयो । साथै कर्मचारीहरुको सेवा सुविधालाई कसरी व्यवस्थापन गर्ने विषयमा पनि चिन्तन गरेको पाइयो ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...












