भक्तपुर, जेष्ठ ६ गते
भक्तपुरको ऐतिहासिक च्याम्हासिंह ध्वाका (प्रवेशद्वार) पुर्ननिर्माण कार्य पूरा गरी मंगलबार झण्डातोलन गरेकोे छ । २०७२ सालको भूकम्पले भत्किएको सो ध्वाकाको पुर्ननिर्माण भक्तपुर नगरपालिकाको ३९ लाख लागत इष्टिमेटमा भएको हो । स्थानीय जनसमुदायको श्रमदानमा ऐतिहासिक च्याम्हासिंह ध्वाकाको सोमबार छाना छाउने कार्य सुरु गरेको थियो भने आज छानाको काम सम्पन्न गरी झण्डातोलन गरेको च्याम्हासिंह पुर्ननिर्माण उपभोक्ता समितिका प्रेम प्रजापतिले जनाएका छन् । पूर्वतर्फबाट ऐतिहासिक नगरी भक्तपुर प्रवेश गर्ने सो ध्वाकाको परम्परागतशैलीमै पुर्ननिर्माण गरिएको होे । उपभोक्ता समितिका अध्यक्ष गंगाराम प्रजापतिका अनुसार प्रवेशद्वार बलियो बनाउनका लागि परम्परागत शैलीमै काठको बुटेदार चौकोस र बन्दनहरु राखेर सो ध्वाका निर्माण गरेको बताउनु भयो । गतसाल भाद्र महिना देखि निर्माण थालिएको सो ध्वाकाको पुनर्निर्माण लक डाउन सुरु भएसँगै रोकिएको थियो । सो ध्वाकाको पुर्ननिर्माण कार्य वर्षा सुरु हुनुपूर्व सम्पन्न गर्न आवश्यक भएकाले लक डाउनका बीच पनि निर्माण कार्य सुचारु गरेको थियो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













