बृहत् सुकुन्दा न्‍याली गोल्मढीबाट सञ्चालन हुने

बृहत् सुकुन्दा न्‍याली गोल्मढीबाट सञ्चालन हुने

भक्तपुर, २०८३ कार्तिक ४

पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार स्वरूप बृहत् सुकुन्दा न्‍याली कार्यक्रम आयोजना हुने भएको छ।

प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईंद्वारा जारी पत्रअनुसार उक्त न्‍याली (रैथाने बाजा तथा सांस्कृतिक ¥याली) गोल्मढीस्थित याताबाट सुरु हुनेछ। कार्यक्रम आगामी २०८३ कार्तिक ५ गते, बिहीबार (ने.सं. ११४६ कौलाथ, एकादशी) का दिन दिउँसो २:३० बजे हुनेछ। उक्त ¥याली गोल्मढी याता (नविन स्कुल अगाडि) बाट सुरु हुने जानकारी गराइएको छ।

आयोजक संस्थाले यस सांस्कृतिक तथा ऐतिहासिक कार्यक्रमको समाचार संकलन र प्रचारप्रसार गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी तथा समाचारदाताहरूमा हार्दिक अनुरोध गरेको छ।