लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।

लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसर पारेर भक्तपुर नगरको ऐतिहासिक सम्पदाका रुपमा रहेको कालदह (कालिदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाइ कार्यक्रमको औपचारिक कार्यक्रममा बोल्दैे सहकारी एक समुदायम आधारित रहि संचालित एक संस्था भएको कारणले सामाजिक उत्तरदायित्व बहन हुने किसिमका कार्यहरु नियमित रुपमा गर्नुपर्ने बताउनु भयो । लोकेश्वर साकोसले स्थापनाकाल देखि नै वित्तिय कारोबारमा मात्र सिमित नभई बार्षिक रुपमा स्वास्थ्य शिविर, सिपमूलक तालिम, सांस्कृतिक प्रशिक्षण विभिन्न सम्पदास्थलहरुको सरसफाइ लगाएत समाजको हित हुने किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । आगामि दिनहरुमा पनि यस्तै क्रियाकलापहरु निरन्तर गर्दै जाने कुरा राख्दै कार्यक्रम सफल पार्न पाल्नुहुने सम्पुर्णमा धन्यावद प्रकत गर्नु भयो ।


संस्थाका संस्थापक अध्यक्ष एवं भनपा वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले भक्तपुर नगरपालिकाको एक सहकारी एक सम्पदा अन्तर्गत सिथि नखःको अवसर पारेर लोकेश्वर साकोसले सम्पदास्थलको सरसफाई गरेकोमा आभार व्यक्त गर्नुभयो । सामाजिक संघ, संस्था, विद्यालयहरुले पनि यस प्रकारको सरसफाई कार्यलाई निरन्तर गर्दै जानु पर्ने बताउनु भयो ।
संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानिय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाई कार्यक्रममा संस्थाका सचिव राजु छुकांले पनि बोल्नु भएको थियो ।