२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा

२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
भक्तपुर, जेष्ठ १९ गते
भक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा लिएको छ । आज साँझ सूर्यविनायक नगरपालिका वडा नं. ६स्थित सुन्दरबस्तीबाट २ राउण्ड गोली, र लागु औषध सहति एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एव. प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुका अनुसार प्रहरीको सोधपुछ तथा खानतलासी गर्नेक्रममा सिपाडोल निवासी वर्ष २३का निरज खत्रीलाई २ राउण्ड गोली र लागू औषध सहित पक्राउ गरिएको जनाएको छ। प्क्राउ परेको खत्रीबाट प्रहरीले बरामद गरेका सामग्रीहरु

बरामद सामानहरु:
१) 7.62 MM को SLR को गोली – २ राउण्ड,
२) Tramadol 50mg – २३० ट्याबलेट,
३) विभिन्न कम्पनीको मोवाईल – ६ थान,
४) खुकुरी – १ थान,
५) नगद रु.८५०।– (आठ सय पचास रुपैया)