चनपा ९मा सार्वजनिक सुनुवाई, कर संकलन अनुसार विकासका योजना हुनुपर्नेमा जोड

चनपा ९मा सार्वजनिक सुनुवाई, कर संकलन अनुसार विकासका योजना हुनुपर्नेमा जोड
भक्तपुर, जेष्ठ १२ गते
सबैभन्दा बढी राजश्व संकलन गर्ने वडामा कम मात्रै योजना र बजेट आउने गरेको भन्दै चाँगुनारायण नगरपालिका वडा नं. ९का बासिन्दाले नगरपालिका प्रति असंतुस्ती जाहेर गरेका छन् । सञ्चार केन्द्र भक्तपुरले आज ताथली भक्तपुरमा आयोजित सार्वजनिक सुनुवाईकोक्रममा स्थानीय समुदायले बढी राजश्व संकलन गर्ने वडालाई बढी योजना र बजेट दिनुपर्नेमा जोड दिदैं शिक्षा, स्वास्थ्य सेवा प्रभावकारी बनाउन आग्रह गरेका हुन । स्थानीय वडाध्यक्ष गणेश त्यातको आतिथ्यतामा आयोजित सो कार्यक्रममा कृषि प्रधान क्षेत्रमा कृषिको विउँ विजन, मल खाड र कृषि औजार तथा सिचाईको समेत राम्रो व्यवस्था हुनुपर्नेमा जोड दिदै सहभागि समुदायले वडाको विकास निमार्ण योजनाहरुको विस्तृत विवरण तस्विर सहित सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए ।


अरनिको राजमार्गको बैंकल्पिक बाटोको रुपमा रहेको बाटो समेत भपर्दो नभएको भन्दै सहभागि समुदायले वर्षातमा आउजाउ गर्न तथा बालबालिकाहरुलाई विद्यालयसम्म जान आउन समेत समस्या हुने अवस्था आएको अवगत गराएका थिए ।
राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आर्चायको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रका धर्मराज ढकालले पनि सहजिकरण गरेको थियो भने वडाध्यक्ष गणेश त्यातले सहभागि समुदायका गुनासाहरुको सुनुवाई गर्दै यस्तो खालको सार्वजनिक सुनुवाई नियमितरुपमा आयोजना हुनुपर्नेमा जोड दिएका थिए ।