नवनिर्वाचित पदाधिकारीहरुलाई बढाई शुभकामना
भक्तपुर, चैत्र २३ गते
स्वतन्त्र पत्रकार संघ भक्तपुरले स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिको हालै नवलपुरमा सम्पन्न ५ औं अधिवेशनमा सर्वसहमतिले विजयी भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बढाइज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् । जिल्ला शाखाका संस्थापक अध्यक्ष इन्दुल केसीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सहभागि पत्रकार तथा शुभचिन्तकहरुले नवनिर्वाचित केन्द्रीय सदस्य प्रेमध्वज लामा र सुरेश सैंजूलाई खाडा खोडाएर सफलताको शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला शाखा भक्तपुरका अध्यक्ष रेणु त्वायनाबासुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य प्रेमध्वज लामाले भक्तपुर जिल्ला शाखाको क्रियाशिलताले देशभरका स्वतन्त्र पत्रकार आकर्षित रहेको चर्चा गर्दै केन्द्रीय नेतृत्वमा चयन गरेकोमा सहभागिहरुलाई धन्यवादज्ञापन गर्नु भयो भने अर्का नवनिर्वाचित केन्द्रीय सदस्य सुरेश सैंजूले स्वतन्त्र पत्रकारिताकालागि निरन्तर क्रियाशिल पत्रकारहरुको सहभागिता नै हाम्रो सफलता भएको भन्दै सामुहिक छलफलबाट गरिएको निर्णय कार्यन्वयन नै समितिको सफलता हुने तथा यो नै हाम्रोलागि भविष्यको उर्जा रहेकाले सक्षम र योग्य व्यक्तिलाई जिम्मेवारिताकालागि नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा शाखाका सदस्य राजन कार्की र उपाध्यक्ष मनिराम लामिछानेले पनि बोलेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













