भक्तपुर, ८ बैशाख
कोरना भाइरसको संक्रमण रोकथामका लागि सोमबार देखि भक्तपुरमा टोल टोल कोरना भाइरस परीक्षण अभियान सञ्चालन हुने भएको छ । संसारभर फैलिरहेको कोरना भाइरसको जोखिमलाई मध्य नजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र संभावित ब्यक्तिहरुको कोरना भाइरस परीक्षण अभियान भक्तपुर नगरमा आजबाट हुने भएको हो । जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्राविधिकहरुबाट यो अभियान आजबाट सुरु गर्ने भएको हो । आज विहान ११ बजे भनपा १० कमलविनायक सरस्वती विद्या पीठको प्रांगणबाट भक्तपुर नगरमा सो परीक्षण अभियान सुरु हुने केन्द्रका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले बताउनु भएको छ ।
विदेशबाट चैत्र १ गतेपछि भक्तपुर आएका ब्यक्ति र संभावित ब्यक्तिहरुको द्ु्रटगति अर्थात आरडिटिबाट परीक्षण अभियान आजबाट सुरु हुने उहाँले बताउनु भयो । पहिलो दिन भनपा १० वडाका सम्पूर्ण र ९ वडाका संभावित व्यक्तिहरुको परीक्षण हुने उहाँले जनाएको छ । भक्तपुर नगरमा मात्रै १०६ जना विदेशबाट आएकाहरुको पहिचान गरेका छन् । भनपा १,२ र ३ का संभावित व्यक्तिहरुको भक्तपुर अस्पतालबाट परीक्षण गरिसकेको भन्दै डाक्टर लासिवाले भनपा १०बाट बाँकी ब्यक्तिहरुको परीक्षण अभियान क्रमिकरुपमा भक्तपुर नगरमा सञ्चालन हुने बताउनु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भक्तपुर नगरपालिकासँगको समन्वयमा भक्तपुर नगरमा आज देखि कोरना भाइरसको दु्रत गति परीक्षण विधिबाट कोरना भाइरसको परीक्षण गरिने भएको हो । सूर्यविनायक अस्पतलमा हिजो ४ जनाको परीक्षण भएको कार्यालय प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले जनाउनु भएको छ । कोरना भाइरसको हब भक्तपुर अस्पतालबाट हिजोसम्म २५८ जनाको परीक्षण गरिसकेका छन् । परीक्षण गरिएका सबैको नेगेटिभ रहेको पनि उहाँले बताउनु भयो ।
कार्यालय प्रमुख मिजारका अनुसार भक्तपुरका कोरना भाइरस रोकथाम र उपचारका लागि भक्तपुरका ८ वटा सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा ११४ वटा आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको छ भने ५० वटा आइसोलेशन कक्ष कोरना भाइरस संक्रमितहरुको उपचारको लागि तयारी अवस्थामा राखेको छ । यसै बीच भक्तपुरका अस्पतालहरुमा २८ वटा आइसियु पनि तयारी अवस्थामा रहेको कार्यालय प्मुख मिजारले जनाउनु भएको छ ।
कोरना संक्रमण रोकथामको उचित र प्रभावकारी विकल्प लक डाउन नै भएको भन्दै उहाँले संभावित व्यक्तिहरुको परीक्षण चाँगुनारायण नगरपालिकाले सम्पन्न गरिसकेको भन्दै भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा भने सुरु भएको जनाएको छ । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक अस्पताल दधिकोटबाट र मध्यपुर थिमी नगरपालिकाले मध्यपुरस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट सुरु भएको जनाएको छ भने भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर च्याम्हासिहको संयोजनमा भक्तपुर नगरका टोल टोलमा कोरना भाइरसका संभावित व्यक्तिहरुको परीक्षण अभियान सञ्चालन गर्ने भएको हो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













