गणेश मा.बि.का बिद्यार्थीहरूमा विविध स्वास्थ्य परीक्षणसँगै मुटुराेग परीक्षण ।
भक्तपुर,
नेपाल सरकार, बागमती प्रदेश, जनस्वास्थ्य कार्यालय, भक्तपुरकाे आयाेजना, सूर्यविनायक नगरपालिका,भक्तपुर र गणेश मा.बि.भक्तपुरकाे समन्वय तथा प्रदेश जनस्वास्थ्य प्रयाेगशाला बागमती प्रदेश , भक्तपुर अस्पताल, वि.पि.आइ.फाउण्डेशन,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे प्राविधिक सहयाेगमा सिपाडाेलस्थित गणेश मा.बि.मा विविध स्वास्थ्य परीक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयाे । कार्यक्रमकाे व्यानर वाचन गरी उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले नसर्नेराेगहरूकाे नियन्त्रण र साेबारे सचेतनामूलक कार्यलाई बिशेष प्राथमिकतामा राखेकाे बताउनु हुँदै विद्यालयस्तरमा अन्य स्वास्थ्य सम्वन्धि कार्यक्रम र खाेप कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष याेजना सहित कार्य गरिरहेकाे बताउनुभयाे ।
उक्त कार्यक्रमलाई स्वागत गर्नुहुँदै जनस्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्काले स्वास्थ्य सम्बन्धी सहभागी संस्था र निकायहरूकाे साथ सहयाेगले याे शिविर सञ्चालनमा सफलता मिलेकाे बताउनु हुँदै आगामी दिनमा भक्तपुरमा रहेकाे अन्य नगरपालिका अन्तरगत रहेका विद्यालयहरूमा पनि क्रमश: शिविर चलाउँदै जाने याेजना रहेकाे बताउनुभयाे । त्यसैगरी अतिथि बागमती प्रदेश जनस्वास्थ्य प्रयाेगशाला प्रमुख नारायण कार्कीले छिट्टैने सिपाडाेलमा आफ्नै भवन निर्माण गरी जनस्वास्थ्य प्रयाेगशालाले सर्वसुलभ रूपमा सेवा प्रदान गरिने बताउनुभयाे ।
गणेश मा.बि. का प्रधानाध्यापक चन्द्र मैनालीकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयका अाैलाे निरीक्षक अधिकृत दिपक अछामीले सहजिकरण गर्नुभएकाे थियाे भने नेपाल हृदयराेग निवारण प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष वरिष्ठ मुटुराेग विशेषज्ञ डा. प्रेमराज बैद्य, भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मी, डा. महालक्ष्मी देउजालगायत अन्य प्राविधिक सहयाेग गर्ने संस्थाका प्रतिनिधिहरूले पनि आतिथ्यता ग्रहण गर्नुभएकाे थियाे ।
बिद्यालयस्तरमा बालबालिकाहरूका लागि गरिएकाे उक्त शिविरमा बाथ मुटुराेग (RHD) स्क्रिनिङ, श्रवण परीक्षण, दृष्टि परीक्षण, दन्त परीक्षण र रक्त समुह पहिचान तथा उपचारमा विद्यालयका ३५० जना विद्यार्थीहरूकाे परीक्षण गरिएकाे थियाे । विद्यालयका प्लेग्रुप देखि कक्षा १० सम्मका विभिन्न उमेर समुहका विद्यार्थीहरूलाई वरिष्ठ मुटुराेग विशेषज्ञ डा. प्रेमराज बैद्य र डा. महालक्ष्मी देउजाले मुटुराेग परीक्षण गर्नुभएकाे थियाे भने प्राविधिक माेहन श्रेष्ठले इकाे परीक्षण गर्नुभएकाे थियाे । साे कार्यमा प्रतिष्ठानका भक्तपुर शाखाका कार्यसमिति सदस्य एवं प्राविधिक परिचालन उपसमितिका सदस्य सचिव रत्नमाया सुवाल, सदस्य गङ्गा गुरूङ, कार्यसमिति सदस्य एवं महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव चन्द्रशाेभा सालिकेकाे सक्रिय सहभागिता रहेकाे थियाे । बाथमुटुराेग परीक्षणकाे क्रममा शंकास्पद ८ जनामा इकाे परीक्षण गर्दा ३ जनालाई थप परीक्षणकाे लागि परामर्श गरिएकाे छ ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...











