नेक्राशिक्षक संघको ध्यानाकर्षण पत्र चनापालाई घटुवा र प्रअ विज्ञापन तत्कालकालागि रोक्ने !
भक्तपुर, माघ १८ गते
नेपाल क्रान्तिकारी शिक्षक संघ चाँगुनारायण नगर समितिका पदाधिकारीहरुले नगर क्षेत्रका सामुदायिक विद्यालयको दीगो विकासकालागि चाँगुनारायण नगरपालिका र शिक्षा शाखाको गम्भिर ध्यानाकर्षण गराएका छन् । संघका अध्यक्ष नारायणप्रसाद दुलालको नेतृत्वमा आज नगर पालिका शिक्षा शाखा, नगर उपप्रमुखलाई ध्यानाकर्षण गराउँदै चाँगु नपाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम भएको आधारमा घटुवा गर्ने र अन्ततः बन्द समेत गर्ने कार्य सान्दर्भिक नभएको भन्दै बन्द भएका विद्यालयका भवन र जग्गा निजी प्लतिङ्गमा परिसक्दा पनि नगरपालिकाले ध्यान दिन नसकेकोमा आपति जनाएको हुन । सबल छिमेकी विद्यालयले कमजोर विद्यालयलाई सहयोग गरेर स्थानीय जनताका छोरा छोरीलाई विद्यालय शिक्षा निःशुल्क र अनिवार्य दिने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिदै संघका पदाधिकारीहरुले पढाइकैलागि दर्जनौ गाडीबाट विद्यार्थी ओसार्नु परेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय समुदायको अपनत्व हुने गरी सामुदायिक विद्यालयको स्नोतीकालागि काम गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा चाँगुनारायण नगरपालिकाको विद्यालय तह घटुवा कार्य तल्काल रोक्नुपर्नका कारणहरु, खुल्ला प्रधानाध्यापक विज्ञापन गर्दाका प्रभावहरु, तहगत स्थगन गरेमा हुन सक्ने असरहरुका साथै विद्यालय तह यथावत राखी सुधारका प्रयासहरु अबलम्बन गर्दाका सकारात्मक प्रभावहरु बारे संघको धारणा उल्लेख छन् । एउटा विद्यालयको समस्या र चुनौतीलाई अर्को विद्यालयको अवस्थासँग दाँज्न नहुने र तथा नकल गर्न पनि नहुने बरु बागेश्वरी मावि, मेधा मावि जस्तो उदाहरणीय सामुदायिक विद्यालयको अनुभवहरुलाई अवलम्बन गरी चाँगु नगर क्षेत्रका सामुदायिक विद्यालयको स्नोतीकालागि पहल गर्न आग्रह गरेको छ । सो ध्यानाकर्षण पत्र बुझाउँदै उपप्रमुख रमेश बुढाथोकीले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले गर्दै आएको सहयोगमा राजनैतिक प्रभाव रहेको चर्चा गर्दै सरोकारवाला निकायहरु बीच थप छलफलबाट समस्या समाधान गर्न अहिले चालिएका खुल्ला प्रधानाध्यापकको विज्ञापन तह घटुवा कार्य रोक्न लगाउने प्रतिबधता जनाएका थिए ।












