सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
भक्तपुर, माघ १४ गते
भक्तपुरको प्रसिद्ध नवदुर्गा गणका देवगण विमल वनमालाको सवारी दुर्घटनाबाट मृत्यु भएपछि आज दिनभर जगाती प्रहरी वृत्तमा धर्ना र नाराबाजी भएको छ । मृतक वनमालाका परिवार तथा आफन्तजनहरुले हिजो दुर्घटनाभए देखि मृतकको परिवारकालागि उचित क्षतिपूर्ति र घाईतेको उपचारको माग गर्दै धर्ना दिएका हुन । दुर्घटनामा संलग्न टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको भएपनि सवारी धनीले पीडित पक्षको मागलाई सम्बोधन नगर्दा दिनभर प्रहरी वृत्त जगातीमा धर्ना दिनुपरेको सहभागिहरुले बताए । न्यायकोलागि धर्ना दिदा उल्टै लाठिचार्ज समेत भएको गुनासो गर्दै मृत्तक बनमालामा आफन्तहरुले मान्छेको ज्यान गयो, तिनका वृद्ध आमा, बुवाको भरोसा गुम्यो, तिनीहरुको भरोनपसनकालागि रु।३० लाख क्षति पूर्तिको चाहियो र घाइतेको उपचार हुनु पर्यो माग गरेका थिए ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको स्वामित्वमा रहेको टिपरबाट हिजो राति ९ः३० बजे कमलविनायकमा भएको सो सवारी दुर्घटनामा परि नवदुर्गा गणका महालक्ष्मी देवता बोक्ने देवगण विमल बनमालाको मृत्यु हुुनुका साथै राजेश वनमाला गम्भिर घाइते भएका थिए । सो दुर्घटनाका पीडितहरुलाई विमा बापत ५ लाख र टिपर व्यवसायी संघको तर्फबाट रु।२ लाख मात्र क्षतिपूर्ति हुने भनिएपछि स्थानीय समुदाय आक्रोसित भएका थिए । आक्रोसित भिडले नारावाजी गरेपछि र आज साँझबाट महालक्ष्मी स्थान भक्तपुरमा नवदुर्गाको माछा मार्ने जात्रा समेत गर्नुपर्ने र देवगणकै मृत्यु भएपछि अन्तिम संस्कार नभएसम्म सो जात्रा गर्न नमिल्ने भएकाले स्थानीयको चर्को दबाफपछि मृतकलाई १६ लाख क्षतिपूर्ति र घाइतेको उपचार गर्ने गरी दुबै पक्ष बीच सहमति गरेको जगाती प्रहरीले जनाएको छ ।
सो दुर्घटनाबाट नवदुर्गा गणका अर्का सदस्य राजेश वनमाला समेत घाइते भएका थिए । उनको पनि थप उपचार गर्ने आज भएको बार्तामा सहमति गरेको प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
2026-01-29 Comments Off on भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुराभक्तपुर,भक्तपुर निर्वाचन क्षेत्र न १ कालागि उम्मेदवारी दिएका नेपाल कम्यूनिष्ट पार्टीले आज भक्तपुरको कमलविनायकमा...
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
2026-01-29 Comments Off on सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमतिभक्तपुर, माघ १४ गतेभक्तपुरको प्रसिद्ध नवदुर्गा गणका देवगण...
Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
2026-01-28 Comments Off on Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
In an industry where faces often command the spotlight, Rupesh Thapa has quietly built a powerful legacy through frames, light,...
‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
2026-01-28 Comments Off on ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने भएको छ । विगत केही वर्षदेखि नवप्रतिभाहरूलाई मञ्च प्रदान...
भक्तपुरमा निर्वाचन तयारी तीव्र
2026-01-28 Comments Off on भक्तपुरमा निर्वाचन तयारी तीव्र
भक्तपुरमा निर्वाचन तयारी तीव्रमाघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी...














