‘The Importance of Dam in the Coinage of nepal’ पुस्तक लोकार्पण

काठमाडौं । दी इम्पोर्टेन्स अफ दाम इन दी क्वाइनेज अफ नेपाल शीर्षकको पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमवीच ऐतिहासिक पुस्तकको विमोचन गरिएको छ । बरिष्ठ मुद्रा संकलक श्री भुवनेश कुमार प्रधानद्धारा लिखित पुस्तक लोकापर्ण भएको हो । 
नेपालका दुर्लभ र ऐतिहासिक डाम सिक्काहरूको अद्वितीय संग्रह प्रस्तुत प्रकाशित भएको छ । पुस्तकमा समावेश गरिएका धेरै डामहरू यसअघि कहिल्यै अभिलेखमा नआएका बताइएका छन् ।
पुस्तकमा चाँदी, तामा र सुनबाट बनेका उत्कृष्ट रूपमा संरक्षित डाम सिक्काहरू समेटिएका छन् । यसले नेपालको समृद्ध मुद्रा–इतिहासलाई थप समृद्ध बनाएको जनाइएको छ । साथै, मल्ल र शाहकालीन महत्वपूर्ण ऐतिहासिक स्मारकहरूको वर्तमान अवस्थाका दृश्य झलकहरू पनि समावेश गरिएको छ ।
कृतिमा कुल ११४ वटा डाम सिक्काका विस्तृत चित्रहरू समेटिएका छन् । यसमा ८१ चाँदीका, २३ तामाका र ९ सुनका डाम रहेका छन् । साथै, मल्लकालीन राजा महेंद्र मल्लको चाँदीको मोहरको नमुना चित्र पनि प्रस्तुत गरिएको छ ।


यो प्रकाशन नेपालको समृद्ध सिक्का इतिहासको अध्ययन र संरक्षणमा महत्वपूर्ण योगदान मानिएको छ । यसले विद्वान्, संग्राहक तथा इतिहासप्रेमीहरूका लागि अमूल्य ज्ञान र सन्दर्भ सामग्री प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पुस्तकको लोकपर्ण प्राडा पुरुषोतमलोचन श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष भूमिनन्द कर्माचार्यले राखेका थिए । कार्यक्रममा नेपाल मुद्रा संकलक संघका संस्थापक अध्यक्ष सागरमान श्रेष्ठले संघको स्थापना र विकासका विषयमा चर्चा गरेका थिए । लोकार्पित पुस्तककाबारेमा नेपाल मुद्रा संघका आजीवन सदस्य तथा नेपाल मुद्रा संकलक संघका सल्लाहकार भुबनेश कुमार प्रधान चर्चा गरेका थिए । कार्यक्रम संघका अध्यक्ष दिनेशराज मास्केको सभापतित्वमा भएको थियो ।