नवदुर्गा नाचको क्षमा पूजा तथा समीक्षा कार्यक्रम आयोजना
भक्तपुर, पुस १२ गते
मल्लकालीन सभ्यताको रुपमा परिचत भक्तपुरको नवदुर्गा गणको नाँचलाई थप सभ्य र भव्य तथा व्यवस्थित एवं आकर्षक बनाउन सरोकारवालाहरु बीच आज छलफल गरेका छन् । मध्यपुर थिमी, काठमाण्डौको टोखा, तारकेश्वरको साङ्गला, बढानिलकष्ठ, चपली र टुपेक एवं गोर्कणेश्वर नगरपालिकामा यस वर्षकालागि हालै सम्पन्न गरेको ङालाकेगु जात्राको आज नवदुर्गा द्य छेंमा क्षमा पूजा आयोजना गर्दै ति सरोकारवाला निकायहरु बीच समीक्षात्मक छलपल गरेका हुन ।


हरेक पटक ङालाकेगु जात्रा आयोजना सम्पन्न गरेपछि क्षमा पुजा आयोजना गर्ने परम्परालाई जीवन्त राख्दै आज आयोजना भएको क्षमापूजा पछि सहभागि स्थानीय जनप्रतिनिधीहरुले नेवार समुदायको मौलिक सभ्यताको प्रतिक नवदुर्गा गणको सभ्यतालाई ३३ वर्षपछि पुनः सुरु गर्न पाएकोमा गार्वाम्भित भएको उल्लेख गर्दै टोखा, बुढानिलकष्ठ, चपलीलगायतका जनप्रतिनिधी र अग्रजहरुले नवदुर्गा नाँच आ आफ्नो ठाउँमा पुनः प्रस्तुत गर्ने ऐतिहासिक कार्य भएको र यसलाई निरन्तरता दिन आआप्नो ठाउँबाट पहल हुने बताउनु भयो । देव गण र स्थानीय जनता बीच घनिष्ट सम्बन्ध बढाउन आवश्यक भएको भन्दै उहाँहरुले देव गण र भक्तजनहरुको तर्फबाट हुने कमि कमजोरीलाई सुधारे नवदुर्गा गणको नाँचलाई थप मर्यादित, व्यवस्थित तथा आर्कषक बनाउन पहल गर्ने जनाएका थिए । नवदुर्गा गण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाको सभापतित्वमा आयोजित सो कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले लामो समयसम्म बन्द भएको ङालाकेगु जात्रालाई व्यवस्थित गर्न स्थानीय समुदायसँग सहमति गरेर पुनः ६, ७ वर्ष देखि पुनः सञ्चालन गर्न सकेको भन्दै नयाँ पुस्तालाई पनि यस जात्रा सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिनु भयो ।














