शनिबार एमालेको ११ औं अधिवेशन भक्तपुरमा

शनिबार एमालेको ११ औं अधिवेशन भक्तपुरमा
भक्तपुर, मसिर २६ गते
भक्तपुरको सल्लाधारी स्थित खुल्ला चौरमा शनिबार आयोजना हुने नेकपा एमालेको ११ औं अधिवेशनको तयारी पूरा गरेको छ । एमालेले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी बारे जानकारी दिएका हुन । ११ औं माहाधिवेशनको उदघाटनसत्रमा तीन लाख देखि पाँच लाखसम्म नेता तथा कार्यकर्ता भेला गर्ने आयोजक समितिले जनाएको छ । अधिवेशन सफल पार्न १० हजार स्वयमसेवक परिचालन गरेको सो अवसरमा बताए । अधिवेशनको उद्घाटन सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतम का अनुसार अधिवेशनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी, पार्टीको नेशनल युथ भोलेन्टियर्स, भूतपूर्व सैनिकसहित सुरक्षाकर्मी, स्वयम्सेवक सुरक्षार्थ परिचालन गरिएको छ । ।