घोडा र खचरलाई मानविय ब्यवहार गरौं ।

घोडा र खचरलाई मानविय ब्यवहार गरौं ।
भक्तपुर, कार्तिक १३ गते
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले घोडा तथा खचर जस्ता अशोजातलाई काममा लगाउँदा मानवियता देखाउन आग्रह गरेको छ । पशु स्वास्थ्य, आहार विहार र चरण क्षेत्रको उचित व्यवस्थापनसँगै तिनीहरुको मानसिक एवं शारिरिक शोषन नहुने गरी उपयोग गर्न आग्रह गरेका हुन । मुलुकभर हिमाल देखि तराईसम्म १ लाख भन्दा बढी यस्ता घोडा तथा खचर प्रजातिका जनावरहरुलाई सामान धुवानीमा लगाउने गरेको तथ्यहरु प्रस्तुत गर्दै सो परामर्श सेवाले मानिसलाई जस्तौ ति जनावरहरुलाई पनि आराम चाहिने, घाइटे भए उपचार चाहिने, राम्रो आहार चाहिने, बस्ने बास र चरण गर्ने क्षेत्र खुकुलो हुनुपर्ने लगायत पशु अधिकारका सवालहरुमा आज भक्तपुर जिल्लाका ईट्टा उद्योग व्यवसायीहरुलाई परामर्श तथा तालिमहरु दिएका हुन ।


भक्तपुरका कतिपय ईट्टा भट्टाहरुमा ईट्टा ओर्सान प्रयोगमा ल्याउने गरेकोले यसरी उपभोग गरिने घोडा तथा खचरहरुलाई दिनको ६ घण्टा भन्दा बढी काममा नलगाउन तथा पशु स्वास्थ्य निर्देशिका अनुसार मात्रै काममा लगाउन आग्रह गर्न सो तालिम तथा परामर्श कार्यक्रम आयोजना गरेको पशुचिकित्सक मुकेश चोधरीले जनाएको छ ।
नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष केपी अवाल सहित महासंघका पदाधिकारी एवं भक्तपुरका उद्यमीहरु बीच भएको सो परामर्शमा सहभागि उद्यमीहरुले पहिला धेरै अमानविय ब्यवहार गर्दै काममा लगाउने गरेको आफूहरुले पनि देखेको हुँदा यस्तो विषयमा ईट्टा ओर्साने काम गर्ने मजदुरलाई सचेत पार्नुपर्नेमा जोड दिएका थिए । ईट्टा ओर्साने मजदुरहरुले आफ्नो सजिलोकालागि ति पशुहरुलाई बढी उपयोग गर्दा अमानविय ब्यवहार देखिएको उद्मीहरुको भनाई छ । भट्टामा उद्यमी आफैले घोडा तथा खचरहरु प्रयोग नगरेको काम गर्ने मजदुरहरुले बढी आम्दानी गर्न ति जनावरहरको प्रयोगमा ल्याउने गरेकाले ति मजदुरहरुलाई पनि यस विषयमा सचेतना दिन आवश्यक भएको उद्यमीहरुको भनाई छ ।
काममा लगाउँदा घोडा तथा खचर हिडे पुग्ने, घाउँ हुन्दा उपचार समेत नगर्ने, विरामी पदा तथा जेष्ठ उमेर पुगेपछि अलपत्र छोड्ने परिपाति रहेको चर्चा गर्दै जनावरहरुले बोल्न नसके पनि पीडा, दुखाई, राम्रो आहार, पानी तथा आरामको आवश्यकता महसुस गर्न सक्छन् परामर्शकर्ता हरिप्रसाद जोशीले बताए ।
मानिसमा लाग्ने ७० प्रतिशत रोगहरु पशुपन्छिहरुबाट सर्ने जोखिम रहेकाले मानिसको स्वास्थ्यसँगै स्वच्छ वातावरण र जनावरहरुको स्वास्थ्यलाई पनि स्वस्थ राख्न जारुरी रहेको उल्लेख गर्दै नेपाल सरकारसँग मुलुकका ५६ जिल्लाका ५६ हजार घोडा तथा खचरहरुको तथ्यांङ्गहरु रहेको भएपनि आफूहरुसँग देशभर १ लाख घोडा तथा खचरहरु प्रयोगमा रहेको तथ्यहरु उहाँले प्रस्तुत गरेका थिए ।
सो परामर्श सेवाले बाँके बर्दिया, भक्तपुर र काभ्रे जिल्लामा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा दिदै आएको पशुचिकित्सक चौधरीले जनाएको छ ।
नेपाल सरकारको पशु कल्याण निर्देशिका अनुसार पशुकल्याण निर्देशिका, २०७३ बमोजिम पशुकल्याणका दृष्टिकोणले पशुलाई भोक प्यास, कुपोषणबाट मुक्तिको स्वतन्त्रता, डर, त्रास र भयबाट मुक्तिको स्वतन्त्रता, उपयुक्त भौतिक सुविधायुक्त वास, शित र तापजन्य असुविधाबाट सुरक्षित हुने स्वतन्त्रता, पीडा, घाऊ, चोटपटक र रोगब्याधबाट मुक्तिको स्वतन्त्रता, प्राकृतिक वा स्वभाविक आनीवानी, व्यवहार र अभिव्यक्तिको स्वतन्त्रता दिनुपर्ने उल्लेख छ ।