गुणस्तर हिन Hand Sanitizer प्रहरीद्वारा बरामद

 

भक्तपुर, चैत्र २५ गते

महानगरीय प्रहरी परिसर भक्तपुरले गुणस्तर हिन Hand Sanitizer बरामद गरेको छ । मंगलबार साँझ खानतलासीका क्रममा Instant Hand Sanitizer लेखिएको १०० MLको १२६ थान र ६०MLको २३ थान बरामद गरेको छ । भक्तपुर नगरपालिका वडा नंम्बर १० कमलबिनायकस्थित कार्यकल्प आर्युबेद फर्माबाट सो परिमाणको सामग्री प्रहरीले बरामद गरेको हो  । औषधि ब्यवस्था बिभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पुरा नगरेका Hand Sanitizer हरु बेचबिखनको कसुरमा फर्माका सञ्चालक रीना ओझासंग सोधपुछ तथा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । सो फर्मले अहिलेको संबेदनशिल अवस्थामा गुणस्तर युक्त छ भनी ग्राहकहरुलाई झुक्याई बेचबिखन गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रकृया पुर्याएर खानतलासी गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार औषधि व्यवस्था बिभाग बबरमहल काठमाण्डौका बरिष्ठ औषधि अधिकृत उषा तण्डुकार सहित परिसरका प्रहरी निरीक्षक शशिधर शर्माको प्रहरी टोली खटी गईे रीतपूर्वक  खानतलासी गर्दा सो फर्मामा गुणस्तरहिन Hand Sanitizer फेरा पारेपछि बरामद गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्र.ना.उ. दिपक गिरीले जनाएका छन् ।