लाङताङ ट्रेल रन २०२५मा गुरुङ्ग र रोक्का प्रथम
रसुवा, जेष्ठ २४ गते
रसुवा नुवाकोट पर्यटन समाजद्वारा आयोजित लाङताङ ट्रेल रन २०२५मा पुरुष तर्फ मिलन गुरुङ्ग महिला तर्फ सुनसरी रोक्का प्रथम हुन सफल भएका हुन । रसुवा जिल्लाको स्यार्फुवेसीमा आयोजित ३२ किलोमिटरको डौउडमा सहभागि १०१ खेलाडीहरु मध्ये गुरुङ रोक्का पहिलो हुँदै नगद रु. १।१ लाखबाट पुरस्कृत पनि हात पारेका थिए । शनिबार विहान भएको रनको बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले रसुवाको क्यान्जिन गुम्बामा आयोजित एक समारोह बीच उदघाटन भएको थियो । प्रथम हुने गुरुङ्गले ३२ किलो मिटरको डुरीलाई २ घण्टा १४ मिनेटमा पारे गरेका थिए ।

सो प्रतियोगितामा पुरुष तर्फ प्रथम मिलन गुरुङ दोस्रो विशाल राई र तेस्रोमा अर्जुन कुलुङ्ग भएका हुन भने महिला तर्फ क्रमश सुनसरी रोक्का, लाक्पा निर्मा शेर्पा र निर्मला राई पहिलो, दोस्रो र तेस्रो भएका थिए । विजयता खेलाडीहरुलाई शनिबार नै स्यार्फुवेसीमा आयोजित एक समारोह बीच बागमती प्रदेशका सांसद राधिका तामाङ्गले पुरस्कार वितरण गर्नु भयो ।
नुवाकोट र रसुवाको पर्यटन प्रवद्र्धन तथा खेलकूद विकासकालागि आयोजित सो कार्यक्रम सफल पार्न रसुवा नेवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्योपानेको सभापतित्वमा आयोजित सो कार्यक्रममा बागमती प्रदेशका सांसद इन्द्र गौतम, जिसस नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, ससस रसुवाका प्रमुख अशोककुमार घिमिरे, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ,कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, भूमि समस्या समाधान आयोगका अध्ययक्ष जनकराज उपाध्यायलगायतका अतिथिहरूले खेल तथा बिभिन्र माध्यमबाट पर्यटकीय क्षेत्रको विकासमा जोड्दिन अनुरोध गरे ।
कार्यक्रममा टानका केन्द्रीय सदस्य अम्बिर गुरूङ, नेपाली काँग्रेसमा सभापति पेम्बा तामाङ, पर्यटन व्यवसायी शिब लामिछाने, आमाछोदिङमो गाउँपालिका अध्यक्ष चण्डिका तामाङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लोप्चनलगायत अतिथिहरू सहभागी थिए ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा गोसाइँकुण्ड गाउँपालिकालगायत रसुवा नुवाकोटका स्थानीय तहसँगको सहकार्यमा र सरोकारवालाको सहयोगमा भएको थियो ।
विजेता खेलाडीहरुलाई ट्रफि सहित प्रथमलाई नगद रु १ लाख, दोस्रोलाई रु.७५ हजार, तेस्रोलाई रु. ५० हजार, चौथो तथा सान्त्वनालाई रु. ३० हजारबाट पुरस्कृत गरेको थियो भने सहभागिहरुलाई खडा र प्रमाण् पत्रद्वारा सम्मानित गरिएको थियो ।












