भनपा १०मा नाक, कान, घाँटीको स्वास्थ्य शिविर आयोजना, खोप सुनिश्चितता घोषणा
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा नाक, कान र घाँटी स्वास्थ्य शिविर तथा खोप सुनिश्चितता घोषणा कार्यक्रम उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा बेखाल जन स्वास्थ्य चौकिमा शनिवार एक समारोह बीच सम्पन्न भयो ।
उपप्रमुख रजनी जोशीले नगरबासीको स्वास्थ्य राम्रो भए देश र समाज राम्रो हुने बताउँदै शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाले प्रथामिकता दिएको बताउनुभयो । उहाँले नसर्ने रोगले विकराल रुप लिइरहेको अवस्थामा स्वास्थ्य परिक्षण विना जथभावी खानपानले ठूल्ठूला रोगहरु निम्त्यिाई रहेकोले जनताको हितमा स्वास्थ्य शिविरहरु राख्दै आएको बताउनुभयो । उहाँले आर्थिक बर्षको अन्त्यमा बजेटको सिजनमा योजना छनौट र सुझाब संकलन कार्य समेत भई रहेको बताउनुभयो । उहाँले समाजवादी व्यवस्था भनेको जनताको सेवा र तल्लो बर्गको पँहुच बनाउने बताउँदै जन्मदेखि मृत्युसम्म पनि जनताको आधारभूत आवश्यकता राज्यले दायित्व बहन गर्ने व्यवस्था समेत रहेकोले शिशुस्याहारदेखि कलेजसम्म संचालन गरी शिक्षाको गन्तव्य बनाउँदै लगेको, सीपमूलक तालिम र उद्यमशील ऋणले रोजगारी सृजनामा पहल गरिरहेको, गरिब जेहेन्दार विद्यार्थीकोलागि शैक्षिक ऋण, राजनीति शास्त्र, इतिहास, भुगोल, संस्कृति र भाषा पढ्नेलागि निःशुल्क, भुकम्पबाट ढलेकोको सम्पदा पुनःनिर्माण, शुसासन आदि कार्य सय बर्ष पछिको भक्तपुर पुस्तकको परिकल्पना अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरको विस्केट जात्रा त्यतिवेला ईन्जिनियरिङ्ग विधा सिकाउने पर्व हो भन्नुभयो ।
कार्यक्रमका सभापति १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले दुई बर्ष मुनिका बालबालिका खोप सुनिश्चितता घोषणा गर्दै आफ्नो स्वास्थ्य आफैले हेरचाह गर्नुपर्ने बताउँदै स्वस्थ्य शरीरले मात्र काम गर्ने सक्ने बताउनुभयो । उहाँले खानेपानी समस्या, नगरकोट सडक खण्ड मर्मत गर्नुपर्ने बारे, रगत निःशुल्क वितरण, अक्सिजन निःशुल्क वितरण बारे बताउनुभयो । उहाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य कृष्ण नारायण डुमरुले मन्तव्य, स्वागत महिला वडासदस्य तारादेबी शाक्य, धन्यवाद वडासदस्य जितेन्द्र मुनांकर्मी र संचालन वडा सचिव रामेश्वर कोजूले गर्नुभयो ।
उक्त कार्यक्रममा १२० जनाले नाक, कान र घाँटीको परिक्षण गरी लाभ लिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
Featured Posts – Style 1
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
2026-07-30 Comments Off on उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।भक्तपुर, श्रावण १३ गतेभक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा...













