मध्यपुरको शान्ति सुरक्षा नागरिकको सूचनाले प्रभावकारी बनाउछौं, डिएसपी ढुंगाना
मध्यपुर, बैशाख २२ गते
मध्यपुर थिमी स्थित प्रहरी वृत्तको प्रमुखको रुपमा नवराज ढुंगाना नियुक्त भएपछि ठिमीको शान्ति सुरक्षाका सवालहरुमा पत्रकार अन्तरक्रिया आयोजना गरेको छ । काठमाण्डौको तंगाल वृत्तबाट भक्तपुर सरुवा भएर आउनु भएका डिएसपी ढुंगानाले मध्यपुर थिमीको शान्ति सुरक्षा चुष्टपार्न शान्ति सुरक्षाका चुनौतिहरु बारे समीक्षा गर्दै सोमबार पत्रकार अन्तरक्रिया गरेका हुन । अन्तरक्रियाका क्रममा मध्यपुरका युवाहरुमा लागुऔषध दुव्र्यषनीले चोरीका घटना समेत बढेको, सहकारी पीडितहरुको गुनासो, सवारी दुर्घटना बढेको बालुवा तस्करी तथा विपद् प्रतिकार्यमा ध्यान दिनुपर्ने लगायतका सवालहरुमा पत्रकार अन्तरक्रिया गर्दै उहाँले शान्ति सुरक्षाका चुनौतिहरुलाई सामाना गर्दै आफ्नो कार्यकालमा गुनासो नआउने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

कक्षा १२ को प्रश्न पत्र बाहिरीएको घटनामा आफू स्वयम् खतेर सिसि टिभिको माध्यमबाट अध्ययन गर्दा त्यस्तो नपाएको उल्लेख गर्दै डिएसपी ढुंगानाले बदमासी गर्नेलाई प्रहरी भएपनि छुट नदिने जनाएका हुन । सामुदायिक प्रहरी अवधारणा अनुसार नागरिकको सूचनाले शान्ति सुरक्षा प्रभावकारी गर्न सकिने धारणा राख्दै उहाँले जिल्ला प्रहरी र सरोकारवालाहरुसँगको समन्वयमा मध्यपुर थिमीको सूचना प्रवाहलाई चुष्ट पार्ने बताए । शान्ति सुरक्षाका सवालहरुमा नागरिकको दायित्व र जिम्मेवारी पनि महत्वपूर्ण रहेको चर्चा गर्दै डिएसपी ढुंगानाले आफ्नो बृत्तमातहतबाट भएको कार्य चुत्त नबुझे आफूलाई सम्झिन आग्रह गर्नु भयो ।














