रेडियो जनसञ्चारमा भसासको साहित्य वाचन
भक्तपुर,
रेडियो जनसञ्चार १०७।९ मेगाहर्जको १७ औ वार्षिकोत्सव र भक्तपुर साहित्यिक समाजको २५ औं स्थापना दिवसको अवसरमा ७६ औं घुमन्ते साहित्यिक श्रृङ्खला अन्तर्गत साहित्य वाचन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो । १७ वर्षका कलिलो सर्जकदेखि ७५ वर्षसम्मका पाका अनुभवि वरिष्ठ स्रष्टाहरू सहभागी उक्त कार्यक्रममा २५ जना स्रष्टा, सर्जकहरूले कविता, गीत, गजल, मुक्तक, हाईकु, लघुकथा मार्फत् वर्तमान परिस्थिति, विसंगति, बेथितिको उजागर गर्दै कडा व्यङ्गय गरे । साहित्य समाजको दर्पण हो भन्ने यथार्थ उक्त साहित्य वाचन कार्यक्रमले चरितार्थ गरेको भान हुन्थ्यो । उक्त साहित्य वाचन कार्यक्रममा मानिक बाबु ग्वंगस्, विश्व कायष्थ , काशिराम विरस, वसन्त नकर्मी, गुहेश्वरी शाक्य, सुलोचना सैंजु, राजेन्द्र चित्रकार, ईश्वर थोकर, कविन्द्र लाल प्रधान, दिलकुमारी डंगोल, तुलसी हरि प्रजापति, पवित्रा दहाल, सुरेन्द्र लाल भुजु, एल।के। सुन्दर, सुरेश राजभण्डारी, राजेशमान के।सी।, लक्ष्मी प्रसाद कासुला ूसानुजितू , सुजित गुरूङ्ग, मिमला शर्मा, मिनर्वा शर्मा राजोपाध्याय, ज्ञानकेशरी श्रेष्ठ, सूर्यराम श्रेष्ठ, विना नेमकुल, मञ्जु सिं श्रेष्ठ र पूजा साखकर्मीले रचना वाचन गर्नुभएको थियो ।
भक्तपुर साहित्यिक समाजका कार्यसमिति सदस्य वसन्त नकर्मीले कार्यक्रम सञ्चालन गर्दै भक्तपुर साहित्यिक समाजका विविध पक्षमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा सहभागी सबैलाई कृतज्ञता ज्ञापन गर्दै पत्रकार कृष्ण किसिले कलमको शक्ति अगाडि मै हुँ भन्ने पनि झुक्ने चर्चा गर्नुभयो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समाजका अध्यक्ष राजुराम मुनंकर्मीले २५ औं स्थापना दिवसको अवसरमा भएका रक्तदान कार्यक्रम र ७५ औं घुमन्ते साहित्यिक श्रृङ्खला सम्पन्न गरी ७६ औं श्रृङ्खला सम्म आईपुगेको चर्चा गर्नुहुँदै भावी कार्यक्रम बारे प्रकाश पार्नुभयो । कार्यक्रमलाई रेडियो जनसञ्चार टि.भी. ले प्रत्यक्ष प्रसारण गर्दै जनसञ्चार एफ.एम. र फेसबुक पेज मार्फत पनि प्रसारण गरिएको थियो ।

साहित्य सर्जकहरुको फोटोहरु यो लिङ्गमा छ ।
https://www.facebook.com/photo?fbid=1082008667288916&set=pcb.1082010923955357













