एक महिनामा आगलागीमा परेर १२ जनाको मृत्यु ।।
एक महिनामा आगलागीमा परेर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण्काअनुसार गत एक महिनामा आगलागीका ३७० वटा घटना भएका छन् । जसमा परेर ६७ जना घाईते भएका छन् । आगलागीका घटनाका कारण ४२ वटा भौतिक संरचना नष्ठ भएका छन् भने एक अर्व ४३ करोडको आर्थिक क्षति समेत भएको छ । २७८ वटा गाईबस्तु मरेका छन् । चिसो मौसममा आगो ताप्दा ध्यान नदिनु र विधुत सट् भएर हुने आगलागिको सङ्ख्या उच्च रहेको प्राधिकरणले जनाएको छ । आगो निभाउन सक्ने अवस्थाको भए निभाउने नभए १०१ नम्बरमा फोन गरेर दमकल बोलाउन सकिने अग्नि नियन्त्रक राजकुमार ठकुरीले बताउनुभयो । शहरी क्षेत्रमा चिसो मौसममा नुहाउन प्रयोग गरिने ग्यास हिटर तथा गिजरको प्रयोगमा सावधानी नअपनाउदा वर्षेनी मृत्यु हुने मानिसको सङ्ख्या बढ्दै गएको भन्दै यस्ता उपकरणको प्रयोग गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । कन्सल्टेन्ट फिजिसियन डा. रोशनकुमार झाले सीआइएन मार्फत सकेसम्म ग्यास गिजरको प्रयोग कम गर्न अनुरोध गर्नुभयो । जोडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ । यसको जोखिम कम गर्न अक्सिजन राम्ररी पास हुनसक्ने भेन्टिलेसनको व्यवस्था गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













