समाजसेवी कुमार चवालको निधन, अन्तिम संस्कार सम्पन्न

समाजसेवी कुमार चवालको निधन, अन्तिम संस्कार सम्पन्न
भक्तपुर, पुस १३ गते
भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधी कुमार चवालको आज अन्तिम संस्कार सम्पन्न गरेको छ । हजारौं शुभचिन्तकहरुको मलामि बीच आज भक्तपुरको योसिंख्योस्थित मु दिपमा चवालको नेवारी परम्परा अनुसार अन्तिम सस्कार गरिएको हो । शुक्रबार साँझ निधन भएका चवाल भनपा ४का पूर्व वडाध्यक्ष हुन । मृगौला प्रत्यारोपण गरेर पनि समाजसेवामा सक्रिय रहनु भएका चवाल भक्तपुरको ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर पुर्ननिर्माण उपभोक्ता समितिका अध्यक्ष छन् । स्थानीय जात्रा पर्व र सामाजिक कार्यमा अग्रनी भूमिकामा रहेका स्व. कुमार चवाल हरेक विषयमा खुलेर बोल्ने समाजसेवी हुन । उहाँप्रति जनसञ्चार खवर हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।