बुवा र भाई हत्या गर्ने मानिस प्रहरीको नियन्त्रणमा

बुवा र भाई हत्या गर्ने मानिस प्रहरीको नियन्त्रणमा
भक्तपुर, पुस ९गते
बालकोटको फिकाधारा स्थित हिजो बुवा र भाईको हत्या गरी फरार रहेका मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको महाराजगन्ज भाटभटेनी स्थित कालो झोला भिरी हिडि रहेको अवस्थामा आचार्यलाई प्रहरी वृत्त महाराजगन्ज काठमाण्डौबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपनेका अनुसार निज आचार्यले आफ्नो बुवा र भाईलाई हत्या गरेको स्वीकारेका छन् । सो घटना बारे प्रहरीले थप अनुसन्धानकालागि प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याई अनुसन्धान जारी रहेको जनाएको छ ।