गुणस्तरीय शिक्षाकालागि ललितपुरमा तीन दिने अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन हुने

गुणस्तरीय शिक्षाकालागि ललितपुरमा तीन दिने अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन हुने
ललितपुर, पुस १ गते
गुणस्तरीय शिक्षाकालागि ललितपुरमा तीन दिने अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ ।
रातो बंङगला फाउन्डेशनले यही पुस ५ गते देखि ७ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०८१ आयोजना गर्ने भएको हो । फाउण्डेशनले आज ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी सो सम्मेलन बारे विस्तृत जानकारी दिएका हुन । सम्मेलनमा विभिन्न राष्ट्रहरुका शिक्षाविद्हरुको प्रस्तुती हुने उल्लेख गर्दै आयोजक समितिका अध्यक्ष शान्ता दिक्षितले सम्मेलन शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवीनता, पूर्व प्राथमिक शिक्षा र पढाइ र सिकाई विषयमा केन्द्रित हुने जनाएको छ ।


सम्मेलनबाट प्राप्त निष्कर्षलाई लिएर देशका ७ वटै प्रदेशमा यस्तै प्रदेशस्तरीय सम्मेलन पनि आयोजना गर्ने योजना सहित अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको जनाएका हुन ।
सम्मेलनमा देश विदेशका ५सय भन्दा बढी शिक्षाकर्मीहरुको हसभागिता हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणकालागि सो सम्मेलन उपलब्धीमूलक हुने बताउँदै सम्मेलनले २०१३ सालको सबैकालागि शिक्षा अभियानको सन्देश सहित सन् २०१५ पछिको सन् २०३० सम्मको दीगो विकासकालागि शिक्षा अभियानलाई समेत केलाएर अवको शिक्षा नीति र सरोकारवालाहरुको भूमिकाहरुलाई समेत मार्गनिर्देशित गर्ने जनाएको छ ।
सो अवसरमा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले देश विदेशका ५ सय भन्दा बढी शिक्षाप्रेमीहरुको सहभागितामा हुने सम्मेलनले एक अर्काको शिक्षण सिकाई आदानप्रदान गरी विश्व शिक्षा प्रणालीहरुमा समेत अन्तरक्रिया, प्रस्तुतीकरण, गोष्ठी हुने भएकाले यसबाट आउने निष्कर्णहरु समय सान्दर्भिक हुने विश्वास व्यक्त गरेका छन् ।
सामूदायिक रेडियो प्रशारक संघलाई मिडिया पार्टनर बनाएर आयोजना हुन लागेको अन्तराष्ट्रिय सम्मेलन बारे फउन्डेशका कार्यकारी निर्देशक एलिना सुब्बाले सम्मेलनको महत्वबारे प्रकाश पारेको सो पत्रकार सम्मेलनमा सामूदायिक सूचना नेटवर्कका प्रमुख दिपक आर्चायले सम्मेलन बारे प्रेस विज्ञप्ति वाचन गर्नु भएको थियो भने सहभागि पत्रकारहरुले सम्मेलन बारे विभिन्न जिज्ञासाहरु राख्दै मुलुकको गुणस्तरीय शिक्षाकालागि यस्तो सम्मेलन नेपाल सरकार आफैलले आयोजना गर्नुपर्नेमा जोड दिद्ै विभिन्न शैक्षिक अभियान र गुणस्तरीय शिक्षाका नाममा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरु बेला बेला हुँदै आएपनि देश विकासकालगि युवा विद्यार्थीहरुलाई स्वदेशमै रहने भन्दा विदेश पलायन गर्नेे माहोल बढेको प्रति आयोजकहरुको ध्यानाकर्षण गराएका थिए ।