भक्तपुर, फागुन २४गते
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रशंसा पत्र बितरण समारोह सम्पन्न भयो । स्थापना दिवसको उपलक्ष्यमा आयोजित १ हप्ते सार्वजनिक सम्बोधन कला तालिममा सहभागी २६ जना प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने बाराही साकोसमा नियमित मासिक बचत गरेका बचत कर्ताहरु (मासिक १, १ जना श्रावण देखि माघ सम्म) र बाल बचत कर्ता मध्ये गोलाप्रथाबाट छनौट गरेका बचत कर्ताहरुलाई प्रशंसा पत्र तथा पुरस्कार बितरण गरिएको छ । कार्यक्रममा स्वागत मन्तब्य दिदै संस्थाका कोषाध्यक्ष राधेश्याम सुवालले संस्थाको बारेमा जानकारी गराउनु भयो साथै भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर र बाराही साकोस बीच सदस्यहरुको स्वास्थ्य परिक्षणमा बिशेष छुटको समझौता भएको उद्घोष गर्नु भएको थियो । नेपाल आँखादान समाज(तिलगंगा आ“खा अस्पताल)को प्राविधिक सहयोगमा सम्पन्न आ“खादान कार्यक्रममा समाजका अध्यक्ष साधुराम महर्जनले आँखा दान सम्बन्धी अभिमूखिकरण प्रस्तुती गर्नु भयो । नेपालमा हाल ८ हजार भन्दा बढी दृष्टिबिहिन ब्यक्ति आँखा पाउनका लागी नाम दर्तागरी आँखा पाउने प्रतिक्षा गरी बसेका छन् तर आँखा दान गर्नेको संख्या बार्षिक ४०० जति मात्र रहेको छ । एक जनाको आँखा बाट ४ जना दृष्टिबिहिनले दृष्टि पाउने गर्दछ । आँखा दान गर्दा पुरै आँखा निकाल्ने नभई आँखाको पातलो (नानी) कालो झिल्ली मात्र निकाल्ने गर्दछ र उक्त कार्य गर्दा समय पनि थोरै लाग्ने नेपाल आ“खादान समाजका अध्यक्ष श्री साधुराम महर्जनले व्यक्त गर्नु भएको थियो । यस अभिमूखिकरण कार्यक्रमबाट श्री बाराही साकोसका अध्यक्ष श्री बलराम प्रजापति लगात जम्मा २५ जनाले आ“खादान गर्न नाम दर्ता गर्नु भएको थियो ।
समारोहमा भ.न.पा वडा नं. ४ का वडा अध्यक्ष श्री कुमार चवालज्यूबाट हरेक संघ संस्थाबाट समाजिक तथा जनचेतनामूलक कार्याक्रमहरु गर्ने गराउने लगायत कारोना भाइरसबाट बच्ने विभिन्न उपायहरु समेत जानकारी गराउनु भएको थियो ।
सभापति श्री बलराम प्रजापति,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजु, प्रशिक्षक श्री तुल्सी हरि प्रजापति, संस्थापक अध्यक्ष श्री राधेश्याम सुवाल लगातले २१औं स्थापना दिवस उपलक्ष्यमा आयोजित प्रशंसा – पत्र वितरण समारोहमा बोल्नु भएको थियो ।
उक्त समारोहमा उपस्थित सदस्यहरुलाई भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको प्राविधिक सहयोगमा रक्तचाप परिक्षण र मधूमेह परिक्षण सेवा समेत दिनुभएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













