गृह मन्त्रालयको कार्यदलद्धारा चाँगुनारायणमा विपद्बाट भएको क्षति भएका स्थानहरुको निरीक्षण ।

गृह मन्त्रालयको कार्यदलद्धारा चाँगुनारायणमा विपद्बाट भएको क्षति भएका स्थानहरुको निरीक्षण ।
२० असोज २०८१
खरिपाटी, भक्तपुर,

नेपाल सरकार गृह मन्त्रालयद्धारा गठित विपद् सम्बन्धि अनुगमन तथा निरीक्षण कार्यदलले चाँगुनारायण नगरपालिकामा मनसुनजन्य विपदको असर, नगरपालिकाले गरेको प्रतिकार्य र विपद्बाट भएको क्षतिको बारेमा जानकारी लिने उद्धेश्यले नगर प्रमुख श्री जीवन खत्री, नगर उपप्रमुख श्री रमेश बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाइँ, विपद् व्यवस्थापन उपशाखाका प्रमुख श्री दिनेश थापासंग छलफल गरेकोछ ।
गृह मन्त्रालयका सहसचिव श्री नारायण प्रसाद अर्यालले नेतृत्व गर्नुभएको कार्यदलमा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री डोरेन्द्र प्रसाद निरौला, संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव श्री देवराज चौलागाई, थिमी प्रहरी प्रभागका प्रहरी नायव उपरिक्षक श्री प्रेम सागर के.सी र डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख हुनुहुन्थ्यो ।


चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीले टोलीलाई मनसुनजन्य विपद्बाट चाँगुनारायण नगरपालिकामा भएको क्षतिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरि आवश्यक पूर्वतयारीमा लगानी गरेका कारण तुलनात्मक रुपमा क्षति न्यूनीकरण गर्न सफल भएको बताउनुभयो । स्थानीय विपद् व्यवस्थापन समितिको नेतृत्वमा विपद् व्यवस्थापन इकाई, नगर प्रहरी सहितको विपद् व्यवस्थापन टोली, स्थानीय जनप्रतिनिधिहरु तथा दलका प्रतिनिधिहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विपद् व्यवस्थापन स्वयंसेवक तथा स्थानीय समुदायको सक्रियताका कारण पनि चाँगुनारायण नगरपालिकाको मनसुनजन्य विपद्को प्रतिकार्य प्रभावकारी भएको बताउनु भएको थियो । उहाँले नगरपालिका क्षेत्र भित्र भएर बग्ने मनोहरा लगायतका नदीहरुमा आएको बाढीका कारण करीब ३ हजार रोपनी जग्गामा लगाएका बालीनालीहरुको क्षति भएको आँकलन गरिएको पनि बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत शिवप्रसाद हुमेगाइँले जोखिमयुक्त जीतपुर, चाँगुनारायण जाने सडकहरुको केही भागहरु तत्काल मर्मत सम्भार तत्काल गरेका कारण थप क्षति हुन नपाएको जानकारी गराउनुहुँदै भत्किएका क्षतिग्रस्त संरचनाहरु पूर्ननिर्माण तथा मर्मतका लागि विस्तृत विवरण संकलन भइरहेको बताउनुभयो । त्यसै गरी विपद् व्यवस्थापन उपशाखाका प्रमुख दिनेश थापाले नगरपालिका क्षेत्रमा यस वर्षको मनसुनबाट विद्यालय, सडक, पुल, सार्वजनिक भवन, व्यक्तिगत घरहरु भत्कनुका साथै जोखिममा परेको भौतिक संरचनाहरुको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकामा छलफल पश्चात् नगर प्रमुख श्री जीवन खत्रीको नेतृत्वमा असोज १० गते देखि १२ गते सम्मको अबिरल वर्षात्का कारण चाँगुनारायण नगरपालिका भित्रका विभिन्न क्षतिग्रस्त भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो । टोलीले चाँगुनारायण नगरपालिका वडा नं ७ पगरी टोलको क्षतिग्रस्त पुल, वडा नं ६ को नारायण लामिछानेको जोखिमयुक्त घर, वडा नं ५ को तेलकोटबाट नाट्येश्वरी जाने सडकको बन गाउँ र त्यातल टोलको पहिरो, वडा नं ४ को इन्द्रेको खोल्चाको पहिरो अवलोकन तथा निरिक्षण गरेको थियो ।