उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
काठमाडौंः वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो ।
सोही सम्झौताअन्र्तगत वीरले केन्द्रसँग सम्झौता गरेको हो ।
सार्वजनिक खरिद ऐनअन्र्तगत गरिएको सम्झौताअन्र्तगत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरुले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ ।
अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत, साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए । उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए ।
केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरुले केन्द्रमार्फत मर्मतप्रक्रिया अघि बढाएका हुन् ।
Featured Posts – Style 1
नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको बुख्याँचा प्रथम
2026-04-29 Comments Off on नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको बुख्याँचा प्रथम
नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको बुख्याँचा प्रथम– बुख्याँचाले जित्यो नेपाली सेनाको प्रथम लघुचलचित्र पुरस्कार, अमर कर्तव्य दोस्रो काठमाडौं ।...
पदार्थ सहित मानिस नियन्त्रणमा
2026-04-29 Comments Off on पदार्थ सहित मानिस नियन्त्रणमा
पदार्थ सहित मानिस नियन्त्रणमाभक्तपुर, बैशाख १५ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले लागु पदार्थ सहित मानिस नियन्त्रणमा लिएको छ । भक्तपुरको सूर्यविनायक...
३७ औं सिद्धिस्मृति दिवसः यो प्रेरणाको श्रोत हो, सदस्य सचिव शर्मा
2026-04-29 Comments Off on ३७ औं सिद्धिस्मृति दिवसः यो प्रेरणाको श्रोत हो, सदस्य सचिव शर्मा
३७ औं सिद्धिस्मृति दिवसः यो प्रेरणाको श्रोत हो, सदस्य सचिव शर्माभक्तपुर, बैशाख १५गते ३७ औं सिद्धि स्मृति दिवसको अवसरमा आज...
भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर
2026-04-28 Comments Off on भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर
भक्तपुर, १५ बैशाख । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा आखा, सुगर र प्रेसरको स्वास्थ्य शिविर उपप्रमुख रजनी जोशीको...
एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न
2026-04-27 Comments Off on एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न
एभरेष्टको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न१४ बैशाखउच्च प्राविधिक क्षेत्रमा देशकै अग्रनि मानिएको सानेपा ललितपुरमा रहेको एभरेष्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले...













