कमलबिनायक लान्चाफल्चामा बजार अनुगमन
भक्तपुर, २९ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार लान्चाफल्चादेखि कमलबिनायकसम्म पसल अनुगमन गरेकोमा ए.एल.एस किराना पसलमा म्याद नाघेको सामानहरु एक बोरा भेटिएकोले निजलाई नै नष्ट गर्न निर्देशन दिएको बताउनुभयो ।
ए.एल.एस किराना पसलमा म्याद नाघेको सामानहरु सच्चासबु सबुदाना, खजुरीको पप ५ पाकेट, चिज क्रेकर बिस्कुट ३ पाकेट, पशुपति पापड १ पाकेट, सुजि १ पाकेट, भिभा १ वटा, पेप्सी ५ वटा, स्टिङ १ वटा, कर्नफ्लोर ३ पाकेट, चोको पाई १ बट्टा लगायत धेरै म्याद नाघेको सामान भएकोले निजलाई नै नष्ट गर्न निर्देशन दिई पसल धेरै बर्षदेखि नविकरण नभएकोले नविकरण गर्न, फोहर देखिएकोले सरसफाईमा ध्यान दिन, तराजु नविकरण गर्न निर्देशन दियो ।
त्यस्तै सुरेश खाद्य स्टोर र सुनिम किरान पसल नविकरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
त्यस्तै रामगोपाल किराना स्टोर नविकरण गर्न, म्याद नाघेको सामान कागति चुक ५ बोटल जफत गरी नष्ट गरी पसलमा सरसफाई र व्यवस्थित गर्न र मुल्य सुचि राख्न निर्देशन दियो ।
के.एम.मार्ट प्रा.लि. नविकरण गर्न र म्याद नाघेको सामानहरु रोल्ड ओट २ बट्टा, भक्तपुर डेरीको शुद्ध ध्यू लेबल नभएको र म्याद नाध्ने मिति मात्र स्टिकरले टा“सेकोले लेवल नभएको सामानहरु नबेच्न र कार्यालयमा उपस्थित गराउन निर्देश्ँन दियो ।
सचिन खाद्य स्टोर ४ बर्षदेखि नविकरण नभएकोले तीन दिन भित्र नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई किरा लागेको बोडी २४ केजिको १ बोरा र धनिया २ पाकेट जफत गरी नष्ट गरियो ।
माता दक्षिणकाली स्टोर दर्ता नगरी संचालन गरेकोले एक हप्ता भित्र दर्ता गर्न निर्देशन दियो ।
अनुगमनमा सदस्य श्यामकृष्ण खत्री, ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखाका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राम प्रवेश शाह, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका रबिन्द्र प्रजापतिको सहभागी रहेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














