वरिष्ठ पत्रकार रिसालले मनाए, आज ९७ औं जन्मदिन

वरिष्ठ पत्रकार रिसालले मनाए, आज ९७ औं जन्मदिन

काठमाण्डौं, श्रावण २६ गते
बरिष्ठ पत्रकार भैरव रिसालले आज ९७ औं जन्मदिन मनाएका छन् । श्रावण २९ गते जन्मदिन परेका रिसालले आज शनिबारको दिन पारेर सपरिवार मिलेर जन्म दिन मनाएका हुन । ९६ वर्ष पार गर्दै ९७ वर्षऔं वषन्त प्रेवश गर्न लाग्नु भएका रिसाल अझै पनि पत्रकारितामा सक्रिय हुनु हुन्छ । उहाँले हरेक मंगलबार रेडियो सगरमाथामा कुरोकण्ठो कार्यक्रम चलाउँदै आउनु भएको छ भने भक्तपुरबाट प्रकाशित हुने श्रमिक साप्ताहिकमा स्तम्भ लेख्दै आउनु भएको छ । भने अन्य पत्रपत्रिका एवं सञ्चार माध्यमहरुमा उहाँको धारणा प्रसारण भइरहेको छ ।


शारीरिक रुपले हिड्डुल गर्न नसक्ने, कानले कम सुन्ने, आँखा कमजोर भएपनि देश र जनताप्रति उहाँको कलम चलि रहेको छ । सहयोगिले लेखि दिएर उहाँको पत्रकारिता कर्म चलि रहेको छ । जन्म थलो भक्तपुर भएपनि हाल काठमाण्डौ बस्दै आएका वरिष्ठ पत्रकार रिसालले कालापानी, लिपुलेख, लिम्पियाधुरासम्म गरेको जनगणना कार्यले नेपालको इतिहासलाई उहाँले जीवन्त राख्नु भएको छ। उहाँलाई जन्म दिनको हार्दिक शुभकामना ।