भनपा २मा विश्व स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना
भक्तपुर, श्रावण २४ गते
स्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह अगस्त १–७, २०२४ को उपलक्ष्यमा भ.न.पा. वडा नं. २ मा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रममा वडा सदस्य मन्जु लाखाजुले शिशुलाई जन्मदिए पछि हरेक आमाले स्तनपान गराउनु जरूरी छ भने बालबालिकाको नैसर्गिक अधिकार हो भन्नु भयो। साथै परिवार र समाजका हरेक व्यक्तिले स्तनपानको महत्व बुझी आमालाई स्वनपान गराउनमा साथ दिई स्तनपान गराउन प्रोतसाहन दिनु पर्ने बताउनु भयो ।


वडा नर्स गेसा कर्माचार्यले वर्तमान समयमा स्तनपानको आवश्यकता र महत्व बारे प्रस्तुत दिएको उक्त कार्यक्रममा विशेषगरी कामकाजी महिलाले बच्चालाई पूर्ण रूपमा स्तनपान गराउन नसक्नु र कार्यालयमा स्तनपान कक्ष र शिशु स्माहार कक्षको आवश्यकता बारे काठमाण्डौ स्कुल अफ मेडिकल साइन्स (KUSMS_ BSc Nursing 3rd) का विद्यार्थीहरुले सन्देशम’लक नाटक प्रस्तुत गरेका थिए ।













