अविरल वर्षाले कहि डुवान कहि पहिरो

अविरल वर्षाले कहि डुवान कहि पहिरो
भक्तपुर, श्रावण १६ गते
अविरल वर्षाका कारण हनुमन्ते खोला, तव्याखुसी तथा मनोहरा खोलाका ततिय क्षेत्रहरु डुवानमा परेको छ । रातभर परेको वर्षाले ति ततिय क्षेत्रहरुको डुवान भएको हो । डुवानले सझा झै नजिकका मठमनिदर, अस्पताल, विद्यालय र वस्तीहरु डुवानमा परेका थिए । यस वर्षको मनसुनमा यो भन्दा अगाडी पनि दुई पटक यसै गरी डुवान झेलका स्थानीयवासीहरुले यस पटक बढी नै डुवान भएको बताएका छन् । डुवानले सिद्धिस्मृति अस्पतालको झन्दै एक तल्ला पानी भरिदा ओपिडि सेवा, इमसेजन्सि सेवा, इसिजसेवा, फामेसी सेवा सबै बन्द गर्नुपरेको थियो ।

विद्याश्रममा रहेका जेष्ठ नागरिकहरुलाई पानी बढ्न थालेपछि माथिल्लो तल्लामा सारेकोले सुरक्षित रहेको अस्पतालले जनाएको छ । डुवानले अस्पताल परिसरमा रहेको फार्मेसीको लाखौंं रुपियाँको औषधी, कम्प्युटर, प्रिन्टर सहितका सामग्री काममै नलाग्ने गरी बिग्रेको छ । सिपाडोल देखिको पानी अस्पताल परिसरमा आएको थियो भने खोलाको पानी समेत अस्पताल परिसरमा छिरेपछि अस्पतालको सेवा प्रभावित भएको थियो । यता चन्देश्वरी आधारभूट विद्यालय, शान्ति निकेटन माविहरु पहिला जस्तै डुवेका थिए भने हनुमानघाटस्थित परोपकार केन्द्रमा समेत पानी भरिएको थियो ।


यसै गरी सल्लाघारीको राधेराधे क्षेत्र, दधिकोट बालकोटका नदि ततिय क्षेत्रहरु नराम्रोसँग डुवानमा परेको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले जनाएको छ । जिल्ला सभापति पशुराम पाण्डेका अनुसार राती २ बजेदेखि ति क्षेत्रहरु डुवानमा परेका थिए । डुवानबाट मानविय क्षेति भएको खवर नआएपनि एक जना महिलाको उद्धार गरी आफ्नको घरसम्म पुर्याएको सभापति पाण्डेले बताए । मनोहराको सुकुमबासी क्षेत्रमा ढिलो गरी पानी पसेको खवर पाएको भन्दै उहाँले अहिले पानी सुक्न थालेकाले समस्या नहुने भन्दै उहाँले चाँगु क्षेत्रका २।४ क्षेत्रमा पहिरो गएको खवर प्राप्त भएकाले सो क्षेत्रको निरिक्षणकालागि रेडक्रस टोलि परिचालन भएको बताए ।