आज भारी वर्षाको सम्भावना, विपदको पूर्व संकेत, पछिल्लो २४ घण्टामा ३८ वटा विपद्
काठमाण्डौ, श्रावण १० गते
जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानहरुमा भारी वर्षा हुन सक्ने अनुमान गरेको छ । देशभर आज साधारणतया बदली रहने जनाएको विभागले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको जनाएको छ । यसै बीच अन्य क्षेत्रमा आज मेघर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो देखि नै देशभर बदली हुने विभागको पूर्वानुमान छ भने आज राती देशभर नै आंशिक तथा साधारण बदली भइरहने र एक दुई स्थानमा भारी वर्षाको सम्झावना पनि औल्याएको छ । पछिल्लो २४ घण्टाको पूर्वानुमान गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने र कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरेको छ । यो भारी वर्षाको पूर्वानुमानसँगै ती क्षेत्रहरुमा बाढी पहिरो र डुवानको जोखिम बढ्न सक्ने भएकाले सकर्तता अपनाउन पनि आग्रह गरेको छ । यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहन, सडक, यातायात तथा अवाई यातायात सहित आम जनजीवनमा आंशिक प्रभाव पर्ने सम्झावना रहेकाले विभागद्वारा सतर्कता अपनाउन भनिएको हो ।
पछिल्लो २४ घण्टामा ३८ वटा विपद्का घटना हुदा २ जना घाइते भएका थिए । ती विपद्बाट ८७ लाख ८२ हजार ३२५ को अनुमानित क्षतिको आंकलन गरिएको छ भने १६ वटा सडक अवरोध भएको थियो । ति विपद्बाट ५ चौपायाको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













