जर्मनमा नेवाः तजिलजि नखः आयोजना

जर्मनमा नेवाः तजिलजि नखः आयोजना

जर्मन,श्रावण ८ गते
नेवाः तजिलजिमा नेवार तथा गैर नेवार एवं विदेशी पाहुनाहरु समेत रमाएको पाइएको छ । पासा पुचः जर्मनीले पासापुचः फ्रंकफुर्टको विशेष सहयोगमा यस हप्ता नेवाः तजिलजि नखः मनाउँदा सयौ विदेशी पाहुनासहित परवासमा रहेका नेवार समुदायले सभ्य र भव्य रुपमा नखः मनाएका हुन । सहभागि पाहुनाहरुले भक्तपुरको घिन्ताघिसी नाँच र सम्येबजीमा अभिरुचिपूर्वक सहभागिता जनाउँदै नेवार समुदायको सांस्कृतिक नाँच गानहरुमा रमाएका थिए ।


यस हप्ता जर्मनमा साँस्कृतिक कार्यक्रम र सम्यबजी (फुड फेस्टिवल) सहित नेवाः तजिलजि नखः पर्व मनाएको वर्ड नेवाः अर्गनाइजेन यूरोप च्याप्टरका अध्यक्ष कुमार नापितले जनाएको छ । जर्मनको वाल्डस्पाइल पार्कमा आईतबार आयोजित सो तजिलजि नखःमा नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक नाँचगानहरुका साथै नेवारी खानाका परिकारहरु समेतको प्रदर्शनी भएको अध्यक्ष नापितले जनाएको छ । नखाःमा नेवारी समुदायको विशेष गरी भक्तपुरको घिन्ताघिसि नाँचमा सयौं सहभगिहरुले नेवारी ड्रेसमा नाचेर नखाः धुमधामले मनाएका थिए । नजिकदै गरेको गुन्हिपुन्हि पर्वलाई दर्साउदै परवासमा रहेका सयौ नेवार समुदायको सामुहिक प्रयासमा सो नखः आयोजना भएको हो ।


नेवार समुदायको कला, संस्कृति र नाँचगान तथा सभ्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले सो कार्यक्रम आयोजना भएको कार्यक्रमका संयोजक शंकर महर्जनले जानकारी दिनु भयो । आफ्नो भाषा, संस्कृति र सभ्यतालाई जीवन्त राख्न स्थानीय व्यवसायी, विद्यार्थी, समाजसेवीको सक्रिय सहभगिता र योगदानबाट भव्य रुपमा नखः मनाउन सकेको महर्जनले बताए ।
नखःमा काठमाण्डौको प्रसिद्ध लाखे नाँच, भक्तपुरको ऐतिहासिक घिन्ताघिसि नाँच सहित अन्य नेवारी नाँच र लाईभ म्यूजिक तथा सम्येवजी कार्यक्रम सहित बालबालिकाहरुको शो पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवार समुदाय सहित गैर नेवार नेपालीहरु एवं स्थानीय जर्मनी र युरेपीयन समुदायले पनि सहभागिता जनाउँदै नेवाः तजिलजि नखःमा रमाएका थिए ।

४सय भन्दा बढीको सहभागितामा भव्य रुपमा मनाएको सो नखाःमा समाजसेवी जगतबहादुर जोशी, ध्ल्इका उपाध्यक्ष रजनी प्रधान, ध्ल्इयूरोप कोर्डिनेटर कुमार नापित, नेवाः खल हमबुर्ग जर्मनीका संस्थापक अध्यक्ष तथा अपांगताको क्षेत्रमा विगत ४ दर्शक देखि सेवा गर्दै आउनु भएका रमेश श्रेष्ठ र दिनेश प्रधानको आतिथ्यतामा नेवाः तजिलजि नखाः भव्य र सभ्य रुपमा मनाएको संयोजक शंकर महर्जनले जनाएको छ ।