२०औं विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार सम्मेलन
भक्तपुर, जेष्ठ ३२ गते
२०औं विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरका पत्रकार सम्मेलन आयोजना भएको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुरले रक्त सञ्चार केन्द्र भक्तपुरले गर्दै आएको कार्य सम्पदानहरुको समीक्षा गर्दै विश्व रक्तदाता दिवसको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरेको हो । कार्यक्रममा जिल्ला सभापति पशुराम पाण्डेले वर्षभरी रक्तसञ्चार केन्द्रले दिइ आएको सेवाहरुको प्रस्तुतीकरण गर्दै यस वर्षमा ५१ हजार भन्दा बढी प्वाईट रगत वितरण गर्न सकेको जानकारी दिदै करिव १७ प्रतिशत वितरण भएका रगत खेर गएको प्रति चिन्ता व्यक्त गर्नुृ भयो । कार्यक्रममा रेडक्रस सोसाईटी केन्द्रीय समितिका मनोजकुमार थापाले रगत निःशुल्क संकलन गरेर निःशुल्क वितरण अभियान सञ्चालन भइरहेको भन्दै भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुबाट निःशुल्क व्यवस्था गरे जस्तै बागमति प्रदेश र नेपाल सरकारबाट निःशुल्क रगत वितरणको व्यवस्थाकालागि पहल भइरहेको जानकारी दिएका थिए ।


सो अवसरमा २० औं विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरका रक्तदाता तथा सहयोगि संघ संस्थाहरुलाई शुक्रबार विशेष कार्यक्रम आयोजना गरी सम्मानित गर्ने कार्यक्रम तर्जुमा भएको भन्दै जिल्ला अध्यक्ष पाण्डेले रगतको अभावले कोही पनि मर्न नपरोस भन्ने उदेश्यका साथ रक्तदान गर्ने कार्यक्रम प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिकालागि सहभागि पत्रकारहरु समक्ष आग्रह गर्नु भयो । उहाँले कुल जनसंख्याको २ प्रतिशत जनताले रक्तदान गरेमा विरामीहरुलाई रगतको अभाव नहुने बताउनु भयो ।













