भनपा १०का कृषकहरुलाई बीउ उपचार बारे प्रशिक्षण

भनपा १०का कृषकहरुलाई बीउ उपचार बारे प्रशिक्षण
भक्तपुर, बैशाख ४ गते
भनपा १० वडा कृषक समूहले धानको बीउ उपचार गरी धानको ब्याद तयार गर्ने विषयमा प्रवचन कार्यक्रम गरेको छ । कृषि विज्ञ रवि ख्याजुले भक्तपुर नगरपालिका वडा नं. १०का कृषकहरुलागि धानको बीउ छनोट, प्रशोधन तथा उपचार गर्ने विधिहरु बारे जानकारी दिदै धानको बीउ छर्नु अघि बीउको उपचार गर्ने तरिकाहरु बारे प्रशिक्षण दिएका थिए । भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको आतिथ्यतामा आयोजित सो कार्यक्रममा सहभागि कृषकहरुकालागि ५० प्रतिशत छुटमा मल तथा धानको बीउ पनि वितरण भएको आयोजक समितिका विकुराम तजलेले जनाएको छ।