२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुत जनचेतनामूलक प्रदर्शनी सम्पन्न

२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा
प्रस्तुत जनचेतनामूलक प्रदर्शनी सम्पन्न
काठमाण्डौ, माघ ३ गते
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह अन्तर्गत नैकापमा हिजो र आज भएको दुई दिने जनचेतनामूलक प्रदर्शनी आज सम्पन्न गरेको छ । सहभागि २६ संघ संस्थाका प्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गर्दै एनसेट नेपालका गणेश जिमीले सहभागी संघ संस्थाका प्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रदर्शनी सम्पन्न गरेको हो । यस वर्षको मूल समारोह अन्तर्गत भूकम्प प्रविधि सहित विभिन्न विपतिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन, उद्धार सम्बन्धि जनचेतना अभवृद्धि गर्ने उदेश्यले प्रदर्शित सो प्रदर्शनी हिजो र आज गरी दुई दिन सम्म चलेको एनसेटका खड्गसेन ओलीले बताए ।

देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी भूकम्प सुरक्षा दिवस मनाउने क्रममा विभिन्न संघ संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटी सहित २ दर्जन भन्दा बढी संघ संस्थाहरुले भूकम्प जस्तै बाढिपहिरो, आगलागी जस्तो विपद्हरुबाट सुरक्षित बस्ती निर्माणकालागि जनचेतनामूलक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । विपद् प्रतिकार्यकालागि विपद्हरुको जोखिम व्यवस्थापन, भवनसंहिताका विभिन्न आयामहरुसहित विपद्बाट सुरक्षित भविष्यको शहर कस्तो हुनुपर्छ? भन्ने सन्देशहरु सो प्रदर्शनीबाट प्रस्तुत गरिएको छ ।