पौष १२ देखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो भृकुटीमण्डपमा हुने
भक्तपुर, कार्तिक २१ गते
नेपाल जग्गा तथा आवास विकास संघले आठौं रियल इस्टेट एक्स्पो २०२३ आयोजना गर्ने घोषणा गरेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी संघले आठौं रियल इस्टेट एक्स्पो २०२३ डिसेम्बर २८ देखि ३१ (तदनुसार २०८० पौष १२ देखि १५ गते ) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको जनाएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघ ९ब्ीज्म्ब्० ले यो रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो । ल्ीज्म्ब् ले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा प्रेसित विज्ञप्तिमा भनिएको छ विगतमा प्रदर्शक, विज्ञापनदाता, आगन्तुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति र सहभागिताका कारण हामी यस प्रकारको एक्स्पो बारम्बार आयोजना गर्न प्रेरित भएका छौं । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकह?ले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले नेपाल सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोछ । यसैले, यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षह? बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने संघको विश्वास रहेको छ । नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तैस् व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकह? समेतको सहभागिता हुनेछ ।
एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीह?को चाहना बमोजिमका सेवाह? पनि उपलब्ध गराइनेछ ।
मुख्यत: यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनस्निर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकह?का साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिशियन तथा लाईटिङ व्यवसायीह? र अन्य सेवा प्रदायकहरूका लागि साझा मन्च हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । यसैगरी एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिह?का साथै रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाह?को सहभागिता रहने अपेक्षा गरिएको छ । त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन यो एक्स्पो निकै उपयोगी हुनेछ । विज्ञप्तिमा भनिएको छ ।
यो आठौं एक्स्पोले रियल इस्टेट व्यवसायको वर्तमान स्थिति, यसका चुनौती र न्यूनीकरणका उपायहरूसहित यस क्षेत्रका भविष्यका सम्भावनाहरूका लागि आम जनतालाई उपयोगी हुने सन्देश र जानकारी प्रदान गरी यस उद्योगको विकासमा थप योगदान पुर्याउनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं । साथै यस एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रवर्धनका लागि उत्प्रेरित गर्दै आधुनिक, दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरेका छौं । विज्ञप्ति मार्फत संघले जनाएको छ ।














