लोकेश्वर साकोसको बार्षिक समिक्षा तथा आ.व.२०८०÷८१ को बजेट कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको बार्षिक समिक्षा तथा आ.व.२०८०÷८१ को बजेट कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०७९÷०८० को बार्षिक समिक्षा तथा आ.व.२०८०÷८१ बजेट कार्यक्रम संस्थाका अध्यक्ष्ँ राजन जतिको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं सभापति राजन जतिले यस संस्थाले वित्तिय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जिवनस्तर सुधारमा अहम भूमिका खेलेको कुरा राख्नु भयो । अहिले सहकारी क्षेत्रमा देखिएको समस्यालाई औंल्याउदै त्यसको असर सबै आर्थिक क्षेत्र र सहकारी क्षेत्रमा पनि प्रत्यक्ष परेको जानकारी दिनुभयो । त्यसैले हामीले समुदायमा आधारित रहेर संचालित सहकारी र अन्य सहकारी बीच भिन्नता गर्न सक्नुपर्ने र सोहि अनुसार मात्रै बचत राख्नु पर्ने कुरा राख्नु भयो ।


अतिथि भनपा साविक १५ नम्बर बडाका पुर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले सहकारी संस्था परदर्शी हुनुपर्ने र यस्तो किसिमको समिक्षा कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनु भयो । देशको विग्रन्दो राजनीतिक अवस्थालाई औल्याउदै अहिले पनि अस्थिर राजनीतिक अवस्था रहेको र सबै ठूला राजनितिक दलहरुमा संघीय सांसदको निर्वाचनबाट विभिन्न अपराधिक क्रियाकलापमा आवध व्यक्ति, भूमाफिया र ठूला ठेकदारहरु निर्वाचित भएर आएकोमा आपति जनाउदै त्यस्ता व्यक्तिहरुले आफ्नो हितमा रहेर नीति नियमहरु ल्याएको जनकारी दिनुभयो । अहिलेको तत्काल अवस्थामा देखिएको सुन तस्करीलाई चर्चा गर्दै सरकारबाट यस्ता गतिविधिको छानविनका लागि गठन भएका समितिहरु प्रभावकारी नभएको र त्यस्था समितिले बनाउने प्रतिवेदन सत्यतथ्य कुरा बाहिर नआएको बताउनु भयो ।
अतिथि भक्तपुर नगरपालिकाका वडा नं. २ का वडा सदस्य एवं सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाले हालसालै गरेको सहकारी अनुगमन र अनुगमनको क्रममा देखिएका सहकारीको अवस्थाको बारेमा जानकारी दिनुभयो । साथै नगरपालिकाले गर्दै आएका सहकारीस“ग सम्बन्धित गतिविधिहरु, अति आवश्यक तालिमहरु संचालन लगायत नगरपालिकाले गर्दै अन्य विविध कार्यहरुको बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव राजु छुकां, कोषाध्यक्ष पुण्यराम स्वंगमिखा, लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल र विभिन्न उप–समितिबाट अर्ध बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपस्थित सदस्यहरुले आफ्नो जिज्ञँस तथा सल्लाह सुझाव राख्नु भएको थियो भने कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धर र लेखापाल शर्मिला मानन्धरले पनि बोल्नु भएको थियो ।