बासु माविद्वारा बृहत्त साईकल र्याली आयोजना

बासु माविद्वारा बृहत्त साईकल र्याली आयोजना
भक्तपुर, असार २३ गते
बासु माविको ६१ औं स्थापना दिवसको अवसरमा वृहत साईकल र्याली कार्यक्रम आयोजना भएको छ । विद्यालय प्रांगणबाट सुरु साईकल र्यालीमा ३ सय भन्दा बढी साईकल यात्रीहरुको सहभागिता थियो । र्यालीको उद्घाटन गर्दै वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले साईकल संस्कृतिबाट समाजको आर्थिक, सामाजिक विकास हुने चर्चा गर्दै चीनको आजको विकास साईकल संस्कृतिकै प्रतिक भएको बताए । बुलेट टे«नको विकास गर्दा पनि चीनले साईकल संस्कृतिलाई नबिर्सेकोे उल्लेख गर्दै उहाँले जनतालाई साईकल शिक्षा दिन, साईकल लेन, यात्रीलाई प्रोत्साहित गर्न प्रदेश सरकारले योजना ल्याउनुपर्नेमा जोड दिनु भयो ।


साइकल कनेटको प्राविधिक सहयोगमा आयोजित सो र्यालीले झौखल, दुवाकोट, सल्लाधारी, दरवार क्षेत्र, स्कूलढोका, च्याम्हासिंह, कमलविनायक हुँदै विद्यालय प्रांगणमा पुगेर समापन गरेको थियो । र्यालीमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी, काठमाण्डौ, ललितपुर देखिका साईकल यात्रीहरु सहित ७ वर्षका बालक देखि युवाहरुको सहभागिता थियो ।