विश्वरक्तदाता दिवसको अवसरमा साईकल र्याली

विश्वरक्तदाता दिवसको अवसरमा साईकल र्याली
भक्तपुर, जेष्ठ ३१ गते
“रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाड्नुहोस्, अक्सर बाड्ने गर्नुहोस् ।” नाराका साथ आज विश्व रक्तदाता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । यसैक्रमा भक्तपुरमा विश्व रक्तदाता दिवसको अवसरमा आज विहान प्रभातफेरी साईकल र्याली आयोजना भएको छ । नेपाल रेडक्रस सोसाईटी र स्वयम्सेवक रक्रदाता समाजको संयुक्त आयोजनामा साईकल सिटी भक्तपुरको सहभागितामा दुई दर्जन भन्दा बढी साईकल यात्रीहरुले र्यालीमा सहभागिता जनाएका थिए । रेडक्रस भवन दुधपाटीबाट सुरु भएको साईकल र्याली औद्योगिक क्षेत्र, व्यासी, कलमविनायक, च्याम्हासिह, जगाती, सूर्यविनायक, चुनदेवी हुँदै सल्लाघारी परिक्रममा गरी पुनः दुधपाटीस्थित सिद्ध पोखरी पार्टीप्यालेसमा पुगेर समापन गरेको थियो । समापनसँगै खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । साथै यस वर्ष रक्तदान गर्ने रक्तदता र सहयोगि निकायहरुलाई रेडक्रस भक्तपुरले आज सम्मान कार्यक्रम आयोजना गरी विश्व रक्तदाता दिवस मनाएको रेडक्रस भक्तपुरका मन्त्रि पशुराम पाण्डेले जनाएको छ ।