आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने सरकारको अनुमान।
सरकारले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो । आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ । आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलब १६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९ दशमलब ० प्रतिशतले विस्तार हुने अनुमान पनि सरकारको छ ।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५ दशमलब २६ प्रतिशत रहेको थियो । यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ । यस अवधिमा कृषिको २ दशमलब ७३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर १ दशमलब ९२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २ दशमलब २४ प्रतिशत र ६ दशमलब ५६ प्रतिशत रहेको थियो । विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको पनि सरकारको भनाइ छ । उद्योग क्षेत्रको योगदान भने करिब स्थिर रहेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...
महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
2026-10-05 Comments Off on महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकताभक्तपुर, असोज १८ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको...
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
2026-10-05 Comments Off on भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा काठमाडौं । भू- माफिया ठण्डिराज...
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
2026-10-05 Comments Off on १५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, १७ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत...














