रामु मुरमुर जहाँ रहेपनि
आफन्त वा साथीहरुको सम्पर्कमा आई दिन आग्रह ।
भक्तपुर, बैशाख ३१ गते
भक्तपुरको ईट्टा भट्टामा काम गर्ने एक जना मजदुर सम्पर्कबिहिन हुँदा उनका आफन्त र साथी भाई चिन्तित भएका छन् । भक्तपुरका विभिन्न ईट्टा भट्टामा काम गर्दै आएका रामु मुरमुर एकासी गत बैशाख १७ गते देखि सम्पर्क बिहिन भएपछि जगाति प्रहरी वित्तमा उनको खोजिकालागि आफ्न्त र सार्थीभाईहरुले निवेदन दिएका छन् ।
मोरंग जिल्ला रतुवामाई नगरपालिका कल्याणपुर स्थायी घर भई भक्तपुरमा रहेका वर्ष २४, स्यामल वर्णका रामु मुरमुर सम्पर्क बिहिन भएको दुई हप्ता पुग्दा पनि उनको बारे केही जानकारी नआएपछि कामकालागि संगै भक्तपुर आएका साथीभाईहरुलाई निकै चिन्ता लागेको बताए । रामु जस्तै ४५ जना भट्टाका कामदारहरु ल्याएका ज्यामि नाईके टेकलाल माझीले भट्टाको सिजन सकेर घर फर्किने बेला बेपत्ता भएका रामु मुरमुरका कारण घर फर्किने अन्य साथीहरुलाई समेत अप्ठेरो परेको बताए । उत्ता घर परिवारले पनि छोरो खोजि दिन आग्रह गर्न थाले, यता साथीभाईहरुले पनि कहाँ छन् रामु भन्दै खोज्न थाले, केही जानकारी आएको छैन । गाउँ फर्किन पनि समस्या भयो उनले भने । बेपत्ता राम मुरमुरसँग कुनै झै भगडा थिएन । खाने, बस्ने सुविधा सहित महिनाको १६ हजार तलव दिने गरी काममा आएका मुरमुर एक्कासि सम्पर्क बिहिन भएकोले आफूहरु समस्या भएको माझीले सुनाए । बेपक्ता मुर मुरका आमा बुबा, किसन मुरमुर र गौरा मुरमुरले छोरो फकाउन धम्कि दिन थाले, कहाँ खोज्ने? कहाँ गयो होला? माझीले भने आफन्त चिने जानेकोमा काममै ब्यस्ट भएको हुनुपर्छ । त्यसैले खोजि दिन प्रहरी समक्ष पनि आग्रह गरेको उनले भने । कामको सिलसिलमा विदेश समेत पुगेका मुरमुर मोवाईल समेत नबोक्ने भएकाले सम्पर्कमा ल्याउन नसकेको जगाति प्रहरी वित्तले जनाए । मुरमुर हराएको भनि निवेदन परेको छ, कतिपयले च्याम्हासिंह वरपर ओहोरदोहर गरी रहेको पनि देख्नेहरु छन् । खोजि कार्य जारी छ । प्रहरीको भनाई छ । रामु मुरमुरलाई जो कोहीले देखेमा उनका मातापिता किसन मुरमुर र गौरा मुरमुरलाई मोवाईल नम्वर ९८२०७३२१८५ वा ९८१६३४४२१८मा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राखि दिन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्पर्कमा ल्याई दिने महानुभावहरुलाई आकर्षक पुरस्कारको व्यवस्था पनि भक्तपुरस्थित उनका आफन्त, साथीभाईले ब्यवस्था गरेको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













