शिक्षासेवा स्व. जोशीको प्रतिमा अनावरण
भक्तपुर, चैत्र २६ गते
शिक्षासेवी स्व. बासुदेव जोशीको प्रतिमा अनावरण भएको छ । भक्तपुर दरवार क्षेत्रमा रहेको विद्यार्थी निकेटन मावि प्रांगणमा स्व. जोशीको प्रतिमा शनिवार आयोजित एक समारोह बीच त्रिविविका पूर्व कुलपति उपकुलपति प्रा.केदारभक्त माथेमाले अनावरण गर्नु भएको हो । सो अवसरमा उपस्थित अतिथीहरुले स्व. जोशीको प्रतिमामा फूलमाला ढचाएर सम्मान व्यक्त गरेका थिए । सोही विद्यालयमा २०१७ देखि २०३० सम्म प्रधानाध्यापक भएर उपत्यका बाहिरका विद्यार्थीहरुलाई समेत अध्ययनकालागि रुची बढाउन सफल शिक्षासेवी जोशीको शैक्षिक योगदानको करदर गर्दै स्व. जोशीकी कान्छि छोरी एवं विद्यालयका प्रधानाध्यापक सर्जनी जोशीले भक्तपुर सहयोग विकास समितिको सहयोगमा सो प्रतिमा अनावरण गरिएको हो । हजारौ विद्यार्थीहरुको प्रेरणाको श्रोत स्व. जोशीको निधन भएको २३ वर्षपछि प्रतिमा स्थापना गरी स्व.जोशीको शैक्षिक योगदानको कदर गरेको छ ।


पानसमा दीप प्रज्वलन र प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रा. केदारभक्त माथेमाले संविधानमै समाजबादी ब्यवस्था गरेको देशले समाज बनाउन राज्यले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक शिक्षामा अपनत्व ग्रहण गराउन राजनैतिक द्वन्दबाट ताढा राख्नुपर्ने धारणा राख्दै उहाँले हरेक संस्था चलाउन गुठी संस्कार उपयुक्त भएको चर्चा गर्नु भयो । भारतका केजरीवाल होस या संसारका ठूल ठूला कलेज विश्वविद्यालयहरुले पनि संस्थागत विकासकालागि गुठी संस्कार अपनाएको बताए । शिक्षामा सरकारले हेरेपछि निजी विद्यालयमा जस्तो व्यक्तिगत चिन्तन उपयुक्त नभएको बताउँदै उहाँले सामुदायिक विद्यालयको विकासकालागि भवन निर्माण महत्वपूर्ण भएको बताए । देशकै सम्मानित, सक्षम भक्तपुर नगरपालिकाको नाकैमा रहेको विद्यार्थी निकेटनको भूकम्पपछिको भवन अहिलेसम्म नबन्दा आचर्य लागेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं५का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सभापति विजुक्छेले मल्लकालिन ऐतिहासिक साफुकुठी रहेको स्थानमा विद्यार्थी निकेटन विद्यालय रहेकाले भवन निर्माणमा ढिलाई भएको प्रष्ट्याउनु भयो । साथै उहाँले विद्यालय व्यवस्थापनको अध्यक्ष पछिको पहिलो सार्वजनिक कार्यक्रममा शिक्षा सेवी स्व.जोशीको प्रतिमा अनावरण गर्न पाउनु सुखद क्षेण भएको बताउनु भयो । कार्यक्रममा नेपाल मानव अधिकार संगठनका पूर्व अध्यक्ष प्रा. कपिल श्रेष्ठ, भक्तपुर विकास सहयोग संघका अध्यक्ष राजाराम जोशी, प्रतिमा निर्माण समिति एवं पूर्व वि.ब्य.स.का अध्यक्ष, ओमचरण अमात्य, पूर्व विद्यार्थी नरेन्द्र भूपाल मल्ल, बासुदेव जोशी प्रतिष्ठानका सचिव राम सिख्वसहितले स्व. जोशीको शैक्षिक योगदान तथा उहाँको व्यक्तित्व बारे चर्चा गर्दै सार्वजनिक शैक्षिक विकासकालागि स्व. जोशीले खेल्नु भएको भूमिका बारे आआफ्ना अनुभवहरु सुनाएका थिए । सो अवसरमा महासचिव सिख्वले एसईई २०७७मा फो जिपिए ल्याउन सफल विद्यालयका विद्यार्थी रितेश शाहीलाई नगद रु १० हजार तथा कदर प्रदान गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक जोशीले स्वागत मन्तव्य ब्यक्त भएको सो कार्यक्रममा स्व. जोशीको प्रतिमा निर्माण गर्ने शिल्पीद्वय महेश्वर प्रजापति तथा स्व. विश्वज्वल राठोरलाई प्रतिमा निर्माणकर्ता शिल्पीद्वयका रुपमा सम्मानित गरेको थियो ।