भक्तपुर ट्रकका चालक तथा परिचालकहरुलाई ट्राफिक नियम सम्वन्धि तालिम
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय साँसद प्रेम सुवालले राष्टपतिको चुनावमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताए । यसका लागि राष्टपतिका दुवै उम्मेदबार रामचन्द्र पौडेल र सुवाश नेम्वागलाई यही व्यहोराको चिठी बताएको उनले बताए ।

भक्तपुर टक व्यवसायी प्रालिको आयोजनामा चालक परिचालकहरुलाई टाफिक नियम सम्वन्धी प्रशिक्षण कार्यक्रमको मंगलबार उदघाटन गर्दै उनले राष्टपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिवद्धता आवश्यक भएको बताए । दुवै राष्टपतिका उम्मेदबारहरु भोट माग्न मात्रै हिडेको तर प्रतिवद्धता कुनै नआएको भन्दै उनले दुःख व्यक्त गरे ।
राष्टपति पद कार्यकारी मात्रै नभई जिम्मेबारीसहितको बलियो संस्था भएको भन्दै राष्टपति प्रधानमन्त्री भनेको देशको चालक भएको बताए । त्यसकारण देशभक्त राष्टपति निर्वाचित भए देशलाई जोगाउनसक्ने उनले बताए ।

काठमाडौं उपत्यका टाफिक प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक अभिनारायण काफले, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसी, भक्तपुर प्रहरी परिसरका प्रमुख राजु कार्की, भक्तपुर टक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोरालगायतका सवारी दुर्घटनाका विभिन्न पक्षहरुबारेमा चर्चा गरे । उदघाटन समारोहपछि तालिम दिइएको थियो । तालिममा दुई सय ५० भन्दा वढी चालक परिचालकहरु सहभागी रहेको जनाइएको छ ।











