अभिभावकलाई बोलाएर कक्षाकोठा अवलोकन

भक्तपुरको एउटा स्कुलले अभिबाबहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफना विद्यालयका विद्यार्थीका अभिभाबहरुलाई बोलाएर उनीहरुका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन् ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुले खेलेर सिक्ने भएकोले कक्षाकोठामा उनीहरुका लागि उपयुक्त खेलकुद सामाग्रीहरु राखेको जनाए । यही खेलकुदका सामाग्रीहरु कक्षाकोठाहरुमा देखाउन अभिभावकहरुलाई बोलाएको बताए । प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खेलमार्फत् सिकाउने गरेको उनले सुनाए । यसका लागि कक्षाकोठामै खेलमार्फत् हाजिर राख्ने तरिकादेखि अन्य अनेक तरिकाबाट सिकाउने विधि राखिएको देखिएको छ । त्यहाँं टिभीदेखि अनेक बहुमूल्य सामानहरु पनि छन् ।


यसअघि पहिलो चरणमा औपचारिक रुपमा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक प्रदर्शनी गरेका थिए । यस अन्तर्गत प्लेग्रुपदेखि कक्षा ३ सम्मका ससाना नानीबाबुहरुले आआफनो कला प्रदर्शन गरेका थिए । गीत गाएर, नाचेर, नाटकमार्फत उनीहरुले आआफना प्रर्दशनी देखाएका थिए । प्रदर्शनी हेर्ने स्कुलका सयौं अभिभावक, शिक्षक, विद्यार्थीले भरिभराउ भएको थियो । भर्खर हिड्डुल गर्न सिकेका ससाना नानीबाबुहरुको नृत्य देखेर धेरै दर्शक रमाएका थिए ।
बाँंसुरी बजाएर सुरु भएको कार्यक्रममा स्वागत गीत राष्टिय गीत हुँंदै बेलाबेलामा मन्तव्यको पनि कार्यक्रम राखिएको थियो । कार्यक्रम अन्तर्गत स्वागत गीत, स्वागत नृत्य पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा बरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदी थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचाय, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, अभिभावककोतर्फबाट प्रफुल्ला श्रेष्ठले स्कुलको शिक्षा क्षेत्रका विभिन्न विषयमा चर्चा गरे ।
कार्यक्रममा स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले २०७९ सालको स्कुलको प्रतिवेदन प्रस्तुत गरिन् । त्यस क्रममा उनले वर्षभरि स्कुलले गरेका अनेक उपलव्धिबारे जानकारी गराइन् । विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी अनेक अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको उनले सुनाइन् । उनले विभिन्न उद्देश्य राखी विद्यार्थीलाई जंगल भ्रमण, प्रिन्सिपल क्वाटर भिजिट, पाककला शिक्षा गराइरहेको जानकारी गराइन् । साथै स्थानीय पाठ्यक्रम अनुसार विभिन्न जात्रापर्वहरुबारे सैद्धान्तिक अभ्यासका साथै व्यवहारिक ज्ञानमार्फत शिक्षा दिइरहेको पनि सुनाइन् । उनले विद्यार्थी शिक्षक राष्टिय तथा अन्तराष्टिय सभा सम्मेलनहरुमा पनि सहभागी हुँंदै आएको जनाइन् ।
कार्यक्रमको क्रममा जिम्याष्टिक पनि देखाइएको थियो । साथै कल्चरल फेशन सो पनि देखाइएको थियो ।