फोहर नगरलाई एसियाको सफा शहर बनाउनु नै क्रान्तिः मेयर प्रजापति
भक्तपुर, ३ फागुन । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोह बीच बुधबार बज्र होटल बालाखुमा सम्पन्न भयो । भक्तपुरका अस्मिता दुवाल विश्व बक्सिङ च्यापियनशीप प्रतियोगिता नेपालबाट छनौट भएकोमा सफलताको शुभकामना र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भएकोमा त्यस्तै विजय बाटा एसियन युथ अण्डर २२ मा तृतीय, नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्धितीय र त्यस्तै निता गोसार्ई नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्धितीय भएकोमा बधाई दिदैं प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले खादा र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले क्रान्ति र इन्क्लाब भनेको परिवर्तन भएको बताउँदै भक्तपुर नेपाल कै फोहर नगरलाई एसियाको सफा शहर बनाउनु नै क्रान्ति हो भन्नुभयो । उहाँले शिक्षामा पछाडि परेको जिल्लामा एक घर एक स्नातकको लक्ष्य नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे(रोहित)को सोच अनुसार गरीव र जनतालाई पढाउने हो भने आफ्नै कलेज हुनु पर्ने उद्देश्यका साथ ७ वटा कलेज संचालन गरेको र प्रत्येक वडामा दुई सयभन्दा बढी इन्जिनियरहरु हुनु क्रान्ति भएको बताउनुभयो । उहाँले सम्पदा संरक्षण नभएर जिर्ण रहेको सम्पदा पर्यटक सेवा शुल्क उठाई विदेशीको सहयोग विना सम्पदा संरक्षण गरेको क्रान्ति भएको बताउनुभयो । उहाँले डाक्टर विश्वकानन्दका अनुसार भक्तपुर अस्पताल पहिला बेडमा कुकुर सुत्ने अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल भएको र त्यस्तै नगरपालिकाले ख्वप अस्पताल संचालन समेत गरी ब्लडको सबै पैसा नगरपालिकाले व्यहोर्ने र अक्सिज निःशुल्क वितरणका साथै घरदैलो नर्सिङ संचालन र स्वास्थ्य उपचारको लागि १० मिनेटमा उपलब्ध हुने अवस्थामा विकास भएको बताउँदै खेलकुदमा पनि विकासको निम्ति २०३९ सालमा नगरप्रमुख ज्ञानबहादुर न्याईच्याईको संयोजकत्वमा नगर खेलकुद समिति बनाई अहिले अन्तर विद्यालय प्रतियोगिता र अन्तर नगर प्रतियोगिताहरु गरिरहेको बताउनुभयो । उहाँले अनुशासन खेलाडीको गहना भएको बताउँदै सबै कुरा राजनीतिले संचालन हुने भएकोले जुन देशमा राजनीति राम्रो हुन्छ त्यसका जनतालाई सुख हुन्छ भन्नुभयो । उहाँले राजनीति भनेकै परिवर्तन भएकोले कृषि प्रधान देशमा कृषिजन्य पदार्थ बर्षमा साढे तीन खर्वको आयान हुने बताउँदै मल, सिचाईको अभाव र युवाहरु विदेशीनाले खेत बाझो भएकोले यो स्थिति आएकोमा शासकहरु जिम्मेवार रहेको बताउनुभयो । उहाँले विदेशमा पढ्न जानेहरुले करिब १ खर्ब रुपैंया विदेशीने गर्दा देश अगाडि बढ्न नसकेको पुजिवादी व्यवस्थाका कारण हो भन्नुभयो । उहाँले पुजिवाद भनेको सबै निजिलाई जिम्मा दिने सरकारले रेखदेख र नियन्त्रणमात्र गर्ने भन्छ भने समाजवादमा सबै दायित्व राज्य वा सरकारले जिम्मा लिने व्यवस्था हो भन्नुभयो । उहाँले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क स्वास्थ्य उपचार मंहगीका कारण बर्षमा पाँच लाख जनता गरिबिको रेखामुनि पुग्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आए अनुसार सुनको कचौरामा माग्ने अर्थात अपार सम्पदा र स्त्रोत साधन हुँदाहुँदै यतिका पछाडि पर्नुको कारण पुजिवाद भएको बताउनुभयो । उहाँले विश्वको दोश्रो जलश्रोतको धनी देश भएता पनि निर्मल पानी विश्वमा आयआर्जनको स्त्रोत बन्न सक्ने र प्रशस्त विधुत निकाल्न सक्ने अवस्था हुँदा हुँदै भारतले नदिनाला कब्जा गर्दा आर्थिक रुपमा स्वतन्त्र हुन नसकेको देश आत्मनिर्भर हुन नसक्ने भएकोले उपनिवेश नभएको देश भनेतापनि अर्ध उपनिवेशबाट मुक्त नभएको देश भन्नुभयो । उहाँले खेलकुद विश्व विद्यालय भए खेलाडीहरुलाई पदक विजेता अनुसार शैक्षिक योग्यता निर्धारण गरी स्वरोजगार बनाए खेलकुदको विकास हुनुका साथै फुर्सदमा खेल्ने खेल नहुने बताउनुभयो । उहाँले खेलकुदबाट विचलित नभई निरन्तर अभ्यास गरे सफलता चुम्न सक्ने बताउनुभयो । उहाँले भक्तपुर विकास गर्ने सोच नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)को सय बर्ष पछिको भक्तपुरले पथप्रर्दशक गरिरहेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलाडीहरुलाई उत्साहित गर्न सम्मान कार्यक्रम गरेको बताउँदै खेलकुदलाई जीवनको अभिन्न अंग बनाए स्वस्थ्थ भई देशको सार्वभौमिकता जोगाउनु सक्ने बताउनुभयो ।
कार्यक्रममा उद्घोषण नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुले गर्नुहुँदै जन्मस्थान, मातृभुमि कहिल्यै विर्सन नहुने बताउँदै खेकुदको जग बसालेको स्थानप र गुरुहरुलाई पनि मातृभुमि जतिकै भुल्न नहुने बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













