प्यारागणको २० र्औ वार्षिकोत्सवः देश बनाउन विद्यार्थी युवा जुत्न आग्रह
भक्तपुर, माघ १६ गते
भक्तपुर सहित हुम्ला, जुम्ला, कालिकोट, सुर्खेत देखिका ९८८ विद्यार्थीहरुले अध्ययन गर्दै आएको पारागण इग्लिस सेकेण्डरी स्कूल, कमलविनायक भक्तपुरले आफ्ना ४०० भन्दा बढी विद्यार्थीहरुलाई सम्मानित गर्दै आज २० औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । बागमति प्रदेशका सांसद एवं नेमकिपाका केन्दीय सदस्य तथा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईद्वारा उद्घाटन गरेको सो कार्यक्रममा एसईई उत्तीर्ण, कक्षागत उत्कृष्ठ तथा विभिन्न प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरु तथा अभिभावकहरुलाई समेत सम्मानित गरेका हुन ।
कार्यक्रममा बोल्दै सांसद गोसाईले आफ्नै देश बनाउन आफ्नै पाखोबारी खन्नुपर्नेमा जोड दिदै आफ्नो खुट्टामा उभिन नसक्दै अध्ययन र रोजगारको नाममा विदेश जाने युवाहरुको लहरले गाउँ घरमा भोटे तल्चा लागेको मात्र नभई अपांग, घाईटे र बाकसमा फर्किनेको संख्या बढेको भन्दै स्वदेशमै रहेर देश निर्माणमा जुत्न युवा विद्यार्थीहरुलाई आग्रह गर्नु भयोे । युवाहरु विदेश जानु, स्वदेशमा बुढापाको मात्रै बाँकी रहेको बिडम्बनापूर्ण अवस्थामा गहुँको पीठो, मैदामा समेत देश परनिर्भर भएको, बिस्कुट कारखानाहरु समेत बन्द हुने अवस्थामा पग्नु, रुस युक्रेन युद्धले अर्थतन्त्र खस्केको लगायत राजनैतिक, सामाजिक विषयमा देशमा के भइरहेको छ ? किन भइरहेको छ ? त्यसको कारणहरु के हुन? विद्यार्थी अभिभावकहरुले पनि खोज्न र बुझुपर्ने आवश्यकतामा जोड दिनु भयो । सांसद गोसाईले शिक्षक शिक्षिकाले आफ्नै सन्तान जस्तै हुकाई बढाएका विद्यार्थीहरुको उज्वल भविष्यका लागि बालबालिकाको पोषण र वृद्धि विकासमा जोड दिन आग्रह गर्नु भयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा अतिथी आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसीले शिक्षक शिक्षिकाले दिएको ज्ञान थन्किएर नबसोस, खेर नजाओस, हामीले दिएको ज्ञान फैलियोस भन्नु हुँदै यदि छिट्टै फल प्राप्त गर्नु छ भने फसीको विरुवा रोप्ने, मिठो फल पाउने भए सुन्तलाको बोट र भविष्य सुरक्षित बनाउने हो भने ज्ञानको विरुवा रोप्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा एन प्याप्सनका बिक्रम ढुकुछु, भनपा १०का जनप्रतिनिधी कृष्णनारायण दुमरु, विद्यालयका प्रिन्सिपल पुग्यराम कवां, रत्नबीर किसी सहित अतिथीहरुले बालबालिकाको चौतर्फ विकासका लागि शिक्षक विद्यार्थी र अभिभावकहरुको ध्यानाकर्षण गराउँदै बालबालिकाहरुलाई विद्यालय शिक्षासँगै ब्यवहारिक शिक्षा दिनुपर्नेमा पनि जोड दिएका थिए । उद्घाटन कार्यक्रम पश्चात विद्यार्थी शिक्षकहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरी भरपूर मनोरञ्जनका साथ प्रतिभा प्रस्तुत गरेका थिए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













