कमलपोखरीमा पनि छठ पर्व मनाउने

कमलपोखरीमा पनि छठ पर्व मनाउने
भक्तपुर, कार्तिक १२ गते
कमल पोखरी भक्तपुरमा पनि छठ पर्व मनाउने भएको छ । छठ पर्व परिवार भक्तपुरले भक्तपुर नगरपालिक वडा नम्वर १० स्थित कमलविनायकस्थित कमल पोखरीमा यस वर्ष पनि छठ पर्व मनाउने तयारी गरेको आयोजक लक्ष्मण रौनियारले जनाएको छ । बिगतका वर्षमा झै छठ पर्व मनाउन भक्तालुहरुले आग्रह गरेपछि आज देखि छठ पर्व मनाउने तयारी थालेको रौनियारले बताए । धार्मिक कार्य गर्न खासै सहयोग मिलेन, त्यसैले चुप लागेर बसियो, यस पटक नगर्ने नै भनेर बसेको थिए, तर अन्तिममा आएर छठ पर्व आयोजना गर्न चौतर्फी आग्रह आयो अन्ततः गत वर्ष झै कमल पोखरीमा छठ पर्व मनाउने भएका छौं आयोजक रौनियारले बताए । भक्तजनको घिइचोलाई ख्याल गर्दै कमलपोखरीको दक्षिणतर्फ गत वर्ष झै यस वर्ष पनि छठ पर्व मनाउने भएको हो । भोली आईतबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अघ्र दिएर छठ पर्व मनाउने र सोमबार बिहान उदाउदो सूर्यलाई दर्शन गरेर छठ पर्व सम्पन्न गर्ने आयोजक रौनियारे बताए ।