सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा
भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।
निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।
Featured Posts – Style 1
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...














